रुपन्देही । लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको उपाध्यक्ष नियुक्तिको विरोधमा प्रदर्शनले तिब्रता पाएको छ । आनीले कोषमा हाजिर गर्ने खबर पाएलगत्तै मंगलबार ‘लुम्बिनी बचाउ महाअभियान’ले प्रदर्शन गरेको छ । महाअभियानले विवादित नियुक्ति तत्काल बदर गर्न र हाजिर लगाउन नदिने तथा देशभर आन्दोलन चर्काउने चेतावनीसमेत दिएको छ ।
महाअभियानका संयोजक अकरम खाँको नेतृत्वमा लुम्बिनीको पर्सा चोकबाट लुम्बनी विकास कोषको प्रशासनीक भवनसम्म प्रदर्शन गरेको महाअभियानका प्रवक्ता रामविकास चौधरीले जानकारी दिए । प्ले कार्डसहित प्रदर्शन विकास कोषको प्रशासनीक भवनमा पुगेर कोणसभामा परिणत भएको उनले थियो ।

कोणसभालाई सम्बोधन गर्दै महाअभियानका संयोजक अकरम खाँले विधि र प्रक्रिया मिचेर गरिएको नियुक्तिलाई रोक्न आफूहरु जुनसुकै हदसम्म पनि जाने चेतावनी दिए । “कानुन विपरित मात्रै नभएर स्थानीयको भावना विपरित आउने आनीलाई हाजिर त के गेटबाट पनि छिर्न दिने छैनौं” खाँले भने ।
सह–सयोजक लक्ष्मि थारुले सरकारले समयमै निर्णय नसच्याए लुम्बिनीबाट मात्रै नभई देशभरबाट आन्दोलन उठ्ने उनले चेतावनी दिइन् ।
अभियानका सदस्य घनस्याम गुप्ताले सक्षम र निष्पक्ष विज्ञलाई उम्मेदवारलाई वेवास्ता गरेर प्रश्नै–प्रश्न उठिरहेकी अनीलाई दिइएको नियुक्तिलाई कुनै पनि हालतमा नस्वीर्काने जनाईनाए ।
भ्रष्टाचार विरोधी अभियान्ता सन्जय कुमार मिश्रले लुम्बिनीमा यसअघि पनि व्यापक भ्रष्टाचार र अनियमितता चल्दै आएको र यो पटक पनि त्यस्तै व्यक्तिलाई चलखेल गरेर ल्याइएको आरोप लगाए ।


अनलाइन डबली

