आज :

करिब २० हजार कुखुरामा छाप लगाई मासु जाँच ऐन कार्यान्वयन सुरु

  • अनलाइन डबली

काठमाडौं । पशु सेवा विभागले काठमाडौँ उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ । विभागले दिएको जानकारी अनुसार ऐन लागु भएको पहिलो दिन आज करिब २० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसीको मासुको परीक्षण गरी छाप लगाउने कार्य प्रारम्भ गरिएको हो ।

उपत्यकाका विभिन्न वधशालाहरू जस्तै काठमाडौँको बालाजुस्थित भ्याली कोल्डस्टोर, टोखाको सिन्धु चिकेन र थ्रिस्टार फुड प्रालि, मध्यपुर ठिमीको न्यु पञ्चकन्या सप्लायर्स तथा टेकुको राँगाको मासु पसलमा पशु चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा पशु तथा मासुको ‘एन्टी–मार्टम’ (वध पूर्व) र ‘पोस्ट–मार्टम’ (वध पछि) जाँच गरी छाप लगाउने कार्य थालिएको छ ।

स्वच्छ तथा स्वस्थ मासु मात्र उपभोक्तामाझ पु¥याउने उद्देश्यले सुरु गरिएको यस अभियानमा विभागले विभिन्न स्थानमा मासु निरीक्षक (पशु चिकित्सक) समेत खटाएको छ । विभागका अनुसार बालाजुमा डा. कमलेश्वर भाट, टोखामा डा. गौरीमान श्रेष्ठ र डा. जस्मिन अधिकारी, भक्तपुरमा डा. पुजन सिंह कुँवर र टेकुमा डा. उदय लाल खत्रीले मासु निरीक्षकको जिम्मेवारी सम्हालेका छन् ।

जाँचका क्रममा मरेका पन्छी तथा अस्वस्थ मासुलाई तत्कालै हटाएर स्वस्थ मासुमा मात्र छाप लगाउने गरिएको छ । साथै, मासुमा छाप लगाउन प्रयोग गरिने मसी पूर्ण रूपमा ’फुड ग्रेड’ (खान योग्य) भएकाले यसबाट मानव स्वास्थ्यमा कुनै पनि किसिमको नकारात्मक असर नपर्ने पशु सेवा विभागले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal