आज :

मुगु जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

  • अनलाइन डबली

मुगु । मुगुको छायानाथ रारा नगरपालिका ७ टोप्लास्थित ताल्चा–रारा सडक खण्डमा भएको जिप दुर्घटनामा घाइते भएकी अञ्जु थापाको उपचारका क्रममा निधन भएको छ । उनको निधनसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी थापालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो । काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

यसअघि दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । घाइतेमध्ये अञ्जु थापाको उपचारका क्रममा निधन भएपछि दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको हो ।

सुर्खेतबाट शनिबार साँझ रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप छायानाथ रारा नगरपालिका–७ टोप्लामा दुर्घटनामा परेको थियो । दुर्घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal