आज :

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

  • अनलाइन डबली

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच) को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र कात्तिक ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ। चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ, रिश्मा गुरुङ, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्चसुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंसहितका कलाकारको अभिनय छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता दयाहाङ राईले काजी पात्रको स्वभाव र लेखनबारे बोल्दै निर्देशकको लेखनमा पात्रको स्वभाव आउने र कलाकारले त्यसमा आफ्नो चरित्र मिसाउने बताए। उनले भने, ‘कहिलेकाहीँ डाइरेक्टरले कसले लेखेको भन्ने कुरा, लेखनको आधार के छ, त्यो खोजिन्छ। कहीँ न कहीँ उसको स्वभाव त्यो राइटिङमा आएर एक्टरले त्यो क्यारेक्टर मिसाउनु भनेको अलिअलि होला।;

उनले काजीको जीवनमा आउने परिस्थितिबारे पनि रमाइलो शैलीमा चर्चा गरे। काजीको जीवनमा चार जना छन्त्याल पात्र रहेको प्रसङ्गमा उनले बिके र छन्त्यालले गोलाप्रथाबाट निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने बताए।

यस्तै अभिनेत्री सिर्जना गुरुङले ‘कबड्डी’ शृङ्खलालाई दर्शकले पहिलो भागदेखि नै हेर्दै आएको उल्लेख गर्दै पाँचौँ भागमा काजीको जीवनमा नयाँ परिस्थिति देख्न पाइने बताइन्। उनले भनिन्, ‘कबड्डी सिरिज १ देखि नै हेर्नुभएको सबैलाई काजीको व्यवहार थाहा छ। तर यो पाँचौँमा चाहिँ हामीले पक्कै पनि काजीको एक किसिमको म्याचुरिटी देख्नेछौँ। सायद मैले पो ल्याउने हो कि काजीको लाइफमा एक किसिमको म्याचुरिटी।’

उनले चलचित्र कात्तिक ६ गते अर्थात् अक्टोबर २३ मा हेर्न दर्शकलाई आग्रह गरिन्। अन्य कलाकारको अभिनय र पात्रको स्वभावबारे बोल्दै उनले सबै कलाकार आआफ्नो चरित्रमा उत्कृष्ट रहेको बताइन्।

अभिनेता विजय बरालले पनि चलचित्रका पात्र र कथासँग जोडिएका प्रसङ्गलाई रमाइलो शैलीमा प्रस्तुत गरे। उनले बिके पात्रलाई अरूभन्दा केही बाठो रहेको टिप्पणी गर्दै पात्रले विवाह र सुहागरातबारे जिज्ञासा राख्ने प्रसङ्ग सुनाए।

विजयले भने, ‘अलिकति बिके चाहिँ त्यहाँमध्ये बाठो हो नि त। पहिले पनि चिठी लेख्थ्यो, अहिले पनि त्यही। अलिकति एड्भान्स भएको हो नि ऊ पनि, त्यही भएर ‘सुहागरातमा केके गर्नुपर्छ?’ भनेर सोधिराछ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal