आज :

मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ

  • अनलाइन डबली

दानबहादुर बुढा –

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा खुर्पा प्रहार गरी एक वृद्धको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले घटनाको करिब दुई घण्टाभित्रै खुर्पासहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका ७३ वर्षीय धनवीर कामीमाथि धारिलो हतियार खुर्पा प्रहार गरेका थिए। खुर्पा प्रहारबाट धनवीरको टाउको र गर्दनमा गम्भीर चोट लागेको थियो।

घाइते धनवीरलाई स्थानीयले तत्काल उपचारका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालय, ठिनी, मुगु पु¥याएका थिए। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि फरार भएका अजयको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको कमान्डमा ३५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलको कमान्डमा फरेन्सिक अधिकृतसहितको टोली घटनास्थल पुगेर मुचुल्का उठाउने कार्यसमेत गरेको थियो।

खोजतलासका क्रममा प्रहरीले सोही दिन बिहान करिब ९ः३० बजे छायाँनाथ रारा नगरपालिका–३ स्थित रारा ताल जाने–आउने जङ्गली बाटोमा हातमा खुर्पा बोकेर भागिरहेको अवस्थामा अजयलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले उनको साथबाट घटनामा प्रयोग भएको एक थान खुर्पासमेत बरामद गरेको छ।पक्राउ परेका अजयलाई प्रहरी हिरासतमा राखेर कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्।

यसैबीच, मृतक धनवीरकी श्रीमतीले आरोपीको परिवारसँग तीन वर्षअघिदेखि विवाद रहेको बताएकी छन्। उनका अनुसार गत वर्ष दुवै परिवारबीच मिलापत्र भएको थियो। तर, आरोपीको परिवारले पुरानो रिसइबी राखिरहेको आफूलाई लागेको उनले बताइन्।

‘तीन वर्ष पहिलेदेखि अभियुक्तको घरमा झगडा थियो। गत वर्ष दुवै घरपरिवार मिलिसकेका थियौँ। तर, अभियुक्तको घरमा रिसइबी राखिरहेका रहेछन्। आज मेरो बुढालाई हतियार प्रयोग गरेर मार्नु ठूलो रिसइबीका कारण भएको हो,’ उनले भनिन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal