काठमाडौँ। नेपाल भाषा म्युजिक भिडियो ‘ जिगु मन सा: म्ह ’ सार्वजनिक भएको छ। भुषण प्रशाद श्रेष्ठको शब्द रचना , जुगल डंगोलको संगीत तथा सुनिल चित्रकार र रिता महर्जनको स्वरमा रहेको यस म्युजिक भिडियो शुक्रबार एककार्यक्रमकाबीच सार्बजनिक भएको हो।
राम श्रेष्ठको निर्देशन, सम्पादन रजिन महर्जन , छायांकन लक्ष्मन श्रेष्ठ, निरन्जन महर्जनको रहेको छ। कलाकारको भूमिकामा आराध्या लक्ष्मि खड्गी र रजिन महर्जनका साथमा सरस्वती मानन्धर , बालकलाकार बिभुषा श्रेष्ठले निकै रमाइलो भूमिका रहेको छ। यस म्युजिक भिडियो मगन इन्टरटेनमेन्टको प्रस्तुति रहेको छ।
कार्येक्रममा नेपाल भाषाका वरिष्ट कलाकार नारायण देवी प्रधान , वरिष्ट गायक जुजुकाजी रंजितका साथै गीत संगीतमा लामो समय देखि योगदान दिंदै आएका गाएक , गीतकार , संगीतकार र कलाकारहरुको उपस्थिति रहेको थियो।
म्युजिक भिडियो हेर्न फोटोमा क्लिक गर्नु होला –


बुद्धशरण शाही




