आज :

‘जनक परियारलाई राज्यले गैरन्यायीक पक्राउ गर्यो, सर्बोच्चले न्याय दियो’

  • अनलाइन डबली

काठमाडौं । राज्यले जेनजी जनका परियारलाई गैरन्यायीक थुनामा राखेको र सर्बोच्च अदालतले थुनामुक्त गराएर संविधान सम्झाएको वक्ताहरुले बताए । बहिबार राजधानीको संवाद डबलीमा राष्ट्रिय जेनजी नागरिक अभियानले गरेको कार्यक्रममा परियारले हिरासतको बसाईपछि थप आत्मबल बढेको बताए ।

अभियानका संयोजक सुनिल सिंहले जेनजी कै बलमा बनेको सरकारले जनक परियार जस्तै सयौं युवाहरुप्रति पूवाग्रह साँधेको जिकिर गरे । परियारले सरकारका कार्यहरुमा खबरदारी गर्दा पक्राउ गर्नु संविधान विपरित भएको र न्यायालयले थुनामुक्त गरेर संविधानको रक्षा गरेको दाबी गरे ।

अभियानका प्रवक्ता विर्जन विश्वकर्माले राज्यका बेथिति र विसंगतिविरुद्ध खबर्दारी गर्न पाउने संवैधानीक अधिकारलाई सरकारले मिच्दै गएको आरोप लगाए । “जेनजी आन्दोलन प्रतिक्रान्तिमा बदलियो, सबै समकालिन् आन्दोलनमा सहभागिहरु कोही महान क्रान्तिकारी र कोहीलाई अपराधी करार गर्न मिल्छ, यो अन्याय भयो, कोही सत्ताको मालिक हुने र अरु आतंककारी हुने हुन्छ र” विश्वकर्माले प्रश्न गरे ।
श्रमसंस्कृति पार्टीका युवा नेता निर्मल परियारले सडकबाट खबरदारी गर्ने युवाहरुप्रति सरकार अनुदार हुनेभन्दा उनिहरुको सल्लाह सुझाव लिनुपर्ने धारणा राखे ।

अभियानका अजय सोडारीले राज्यको गलत रवैयाहरुविरुद्ध आफूहरु पनि २२ दिन अनाहकमा हिरासत बस्नुपरेको स्मरण गर्दै, जनकलाई पनि त्यसरी नै ११ दिन हिरासतमा राखेको जिकिर गरे ।

जनक परियारलाई गत भदौ २७ गते भद्रकाली प्रहरी परिसरको टोलिले साइबर कसुरको मुद्धामा पक्राउ गरेको थियो भने असोज ७ गते सँझ ७ बजे सर्बोच्चको आदेशमा हिरासत मुक्त गरेको थियो ।
जेनजी सुनिल विकले कुनै पनि व्यक्ति दोषि प्रमाणित नहुन्जेलसम्म गिरफ्तार गर्न नपाई संवैधानीक व्यवस्थाको उल्लङघन नगर्न बालेन सरकारलाई चेतावनी दिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal