आज :

कैलालीमा ठूला नेता आउँदा सुरक्षा चुनौती बढेको छ

  • अनलाइन डबली

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता डिएसपि योगेन्द्र तिमिल्सिनाका अनुसार निर्वाचनमा त्यसैपनि सुरक्षा चुनौति हुने गर्दछ । त्यसैमाथि ह्याविवेट नेताको उपस्थितीले चुनौतिलाई झनै बढाउने गरेको उनले बताए ।

‘निर्वाचनको समयमा सुरक्षा चुनौति जुनसुकै बेला पनि भइरहन्छ,’ तिमिल्सिनाले भने, ‘त्यसैमाथि शिर्ष नेताको उपस्थितीमा हुने ठूला कार्यक्रमले सुरक्षा व्यवस्थापनलाई थप चुनौति बढाउंछ, अहिले तीन वटै सुरक्षा संयन्त्रले एक आपसमा समन्वय गर्दै चुनौतिको सामना गर्ने प्रयास भइरहेको छ ।’
जिल्लाको सुरक्षालाई मध्य नजर गर्दै एक हजार प्रहरी, साढे तीन हजार निर्वाचन प्रहरीलाई जिल्लामा खटाइएको छ । डिएसपि तिमिल्सिनाका अनुसार सशस्त्र प्रहरीले पनि सोही अनुमानमा सुरक्षा जनशक्ति परिचालन गरेको छ । आवश्यक परेको खण्डमा नेपाली सेनासंग पनि समन्वय गर्ने गरी जिल्ला सुरक्षा संयन्त्रले सुरक्षा योजना तयार पारेको उनी बताउँछन् ।

‘जिल्ला सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षा योजना तयार गरिसकेको छ,’ उनले भने, ‘सोही अनुसार अनुसन्धान प्रहरी समेत, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समन्वयमा सुरक्षा परिचालन गरिएको छ ।’

कैलालीको पूर्वी क्षेत्रको एक सय एक किलो मिटर क्षेत्र भारतसंग जोडिएको छ । खुला सीमानाका कारण सो क्षेत्रबाट पनि सुरक्षा चुनौति हुने गरेको छ । त्यस बाहेक भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण पनि यस पटकको निर्वाचनमा सुरक्षा चुनौति बढ्न सक्ने छ । तर प्रहरीले भने ती चुनौतिको सामना गर्न प्रयाप्त सुरक्षा व्यवस्था गरिएको जनाएको छ । ‘प्रहरी उच्च मनोवलका साथ चुनावि सुरक्षामा खटिएको छ,’ डिएसपि तिमिल्सिनाले भने, ‘सबै खाले सुरक्षा चुनौतिको सामना गर्न हामी तयार छौं ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal