आज :

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम टुंगो, दिउँसो ३ बजे नामावली सार्वजनिक

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज फिर्ता लिन पाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्।

निर्वाचन कार्यतालिकाअनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने अपराह्न ४ देखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न वितरण गरिने आयोगले जनाएको छ ।

पहिलो हुने निर्वाचित प्रणालीअन्तर्गत माघ ७ गते दाबी–विरोधमा उजुरी दिने र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको थियो।

देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। तीमध्ये ३ हजार ८९ पुरुष, ३९६ महिला तथा अन्य एक जना उम्मेदवार रहेका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता गरिएको थियो ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्।


Download All

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal