आज :

समावेशी विकास नै दिगो विकास हो भन्नेमा सरकार दृढ छ : प्रधानमन्त्री कार्की

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरु देशको सभ्यता,संस्कृति र पहिचानमा अमूल्य सम्पदा रहेको बताएकी छिन् ।

बिहीबार काठमाडौंको टुँडिखेलमा मगर संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बिविधता र बहुल्यताबीचको एकताले नै हाम्रो नेपाल राष्ट्रलाई समृद्ध शसक्त बनाएको बताइन् ।

उनले भनिन्,‘माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरु हाम्रो सभ्यता संस्कृति र पहिचानमा अमूल्य सम्पदा हुन् । बिविधता र बहुलताबीचको एकताले नै नेपाल राष्ट्रलाई समृद्ध वा शसक्त बनाएको छ । हाम्रो मौलिक संस्कृति र चाडपर्व र पहिचानमा हामी सबैले गर्भ गर्नुपर्छ । प्रवद्र्धन र संवद्र्धन गर्न आवश्यक छ ।’

त्यस्तै उनले समावेशी विकास नै दिगो विकास हो भन्ने मान्यतामा सरकार दृढ रहेको बताइन् । वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा सबैबीच अझ बढी एकता सहकार्य र आपसी विश्वासको खाँचो रहेको उनको भनाई छ ।

‘वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा हामीबीच अझ बढी एकता सहकार्य र आपसी विश्वासको खाँचो छ । समावेशी विकास नै दिगो विकास हो भन्ने मान्यतामा सरकार दृढ छ’ उनले भनिन् ।


प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal