
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका ४ नम्बर वडाले आदालतको आदेशलाई लत्याएर आफ्नो नाममा आएको जग्गा भोकचलन गर्न नदिएको पीडित अन्जु केसीले आरोप लगाएकी छन् । बुधबर रौतहट जिल्ला अदालतका नासु बिन्देश्वर साहको नेतृत्वमा प्रहरीसहित गएको टोलीले गाडेको किल्ला वडाकै योजनामा उखालिएको पीडित केसीले अनलाइन डबलीलाई जानकारी दिइन् ।
रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडबेला निवासी केसीले आफूले लामो अदालतीय प्रक्रियापछी न्याय पाए पनि भोकचलनको लागि सकष भोग्नु परिरहेको पीडा व्यक्त गरिन् । चन्द्रपुर ४ का श्यामसुन्दर काफ्लेबाट आफूले जग्गा लिन सफल भए पनि अझै दुःख पाइरहेको बताउँदै भनिन्,“मेरो छोरा राजु जिम्बाको नाममा पूर्जा आए अनुसार चलनका लागि स्थानीयले कागजमा हस्ताक्षर गरे पनि ओडा प्रतिनिधीले गर्न मान्नु भएन, उल्टै उनिहरुकै अगाडी किल्ला उखेलीदा मुखदर्शक बने ।”
यस विषयमा रौतहट जिल्ला अदालतका नासु विन्देश्वर साहसँग बुझ्दा अरु स्थानीयले सनाखत पत्रमा हस्ताक्षर गरे पनि वडाले हस्ताक्षर गर्न नमानेको स्वीकार गरे । साहले पीडितलाई न्याय र अधिकार दिलाउने आफूहरुको कार्तब्य भएको र १५ दिनपछि पुनः आफूहरु चलन चलाउन जाने जानकारी दिए ।
वडा अध्यक्ष रवि रानामगरको फोन सम्पर्क नभएपछी वडा सदस्य विनोदकुमार सिटौलालाई सम्पर्क गर्दा उनले छिमेकीले नमानेपछी आफूहरुले हस्ताक्षर नगरेको जवाफ दिए । ‘तपाईहरुले पहिलेदेखि नै योजनाबद्धरुपले पीडितलाई असहयोग गर्नुभएको भन्ने आरोपछ नि’, भन्ने प्रश्नमा सिटौलाले भने,“मैले त्यस्तो गरेको छैन बाँकी कुरा वडा अध्यक्षलाई सोध्नु मलाई केही थाहा छैन ।”
पीडित केसीले वडाको योजनामा स्थानीय नाराण तिमल्सिना, विनोद दुलाल, र केशव अर्यालसहित केही महिलाहरुले अदालत कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वडा प्रतिनिधीकै अगाडी आफ्नो जग्गाको किल्ला उखालिएको बताईन् । केसीले आफू एकल महिला भएको र अगाडीपछाडी कोही पनि नभएकोले हेपेको पीडा व्यक्त गरिन् ।
के हो जग्गा प्रकरण
रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडबेला निवासी अन्जु केसी एकल महिला हुन् ।
करिब ४ वर्षपहिले चन्द्रपुर ४ का श्यामसुन्दर काफ्लेका दम्पत्तिले क्यान्टिन ब्यवसाय गर्न दिने भनि उनिबाट ८ लाख रुपैयाँ लिएपनि व्यवसाय गर्न नदिएपछी रकम फिर्ता माग्न जाँदा उल्टै ज्यान मार्ने धम्किसम्म दिएको उनले बताईन । सो विषय अदालतमा पुग्दा सम्मानित रौतहट जिल्ला अदालतले साँवा र ब्याज गरी १२ लाख भराउने एकलौटी फैसला गरेको र सो बराबरको निज श्यामसन्दर काफ्लेको छोरा आरुश काफ्लेको नाममा रहेको २ कित्ता जग्गा लिलाम गराउने फैसला गरेको थियो ।
त्यसबापत अदालतकै कर्मचारीले लिलाम सकार्न भनि १२ लाख रकम भर्न लगाएका थिए । सो रकम अन्जुको छोरा राजु जिम्बाको नामबाट अदालतमा १२ लाख जम्मा गराएकी थिइन् । तर रकम भरिसकेपछि अदालतका कर्मचारीहरु तहसिलदार दुर्गा कार्की, प्रकाश सुवेदी तथा वडाअध्यक्ष रवि रानामगर र श्यामसुन्दार काफ्ले परिवारको मिलेमत्तोमा तोकेको र काफ्ले परिवारले जायजाद गरेको कित्ता नम्बरको जग्गा लिलाम नगरी अर्कै जग्गा लिलाम गरेकोरहेछ । छोरा राजु जिम्बाको नाममा पूर्जा बनाउने आदेशअनुसार मालपोत कार्यालय रौतहटबाट पूर्जा पनि लिइन् ।
तर जब पूर्जा लिएर जमिन भोगचलन गर्न जाँदा छोराको नाममा आएको जग्गा भेटिएन । त्यसपछी उनिहरुले स्थानीय सरकार, अदालत प्रतिनिधि, प्रहरी–प्रशासन र स्थानीयहरुसँग गुहार गरी छलफल गर्दा भोलिपल्ट १० बजे तोकिएकै जग्गा लिन–दिन दुबै पक्षलाई अदालत बोलाईयो । तर काफ्लेपरिवार तथा वडा प्रतिनिधि अदालत आउनुको सट्टा आरुश काफ्लेको जग्गा आरुशकै फूपुदिदीको नाममा पास गर्न लागेका रहेछन्, सो जग्गा अहिले पीडितले रोक्का गरेकी छन् ।
एकल महिलालाई वडा अध्यक्षसहित सम्बन्धित सबै निकायले अधिकारबाट बञ्चित गराउन विभिन्न जालझेल तथा षड्यन्त्र त गरे नै यो मुद्धामा केसीलाई करिब ६० लाख रकमको ऋणले थिचेर मर्नु न बाँच्नुको दोसादमा पुर¥याएको जनाउँछिन् । सोही आनुसाल भोकचलनका लागि २०८२ जेठ ७ गते रौतहट जिल्ला अदालप्रतिनिधी, वडा ४, प्रहरी प्रशासनले किल्ला गाडे पनि पुनः किल्ला उखेलिएको छ ।