 
	
काठमाडौँ ।अभिभावकविहीन,अनाथ र जोखिममा रहेका बालबालिकालाई आश्रय दिने नक्सालस्थित सरकारी संस्था नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा आर्थिक लाभ लिएको घटनामा महान्यायाधिवक्ताको कार्यालयले संगठनका तत्कालिन अध्क्षय रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ ।
करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारि भएकोमा गत माघ १५ मा जिल्ला सरकारी वकिल कार्यालयले निर्णय गरेर सदरका लागि उच्च सरकारी वकिल कार्यालयमा फाइल पठाएकोमा उच्चले महान्यायाधिवक्ताको कार्यालयमा मुद्दा नचलाउन सिफारिसहित स्वीकृतिका लागि फाइल पठाएको थियो ।
रिता सिंह वैद्य उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुन् । महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहालका अनुसार मुद्दा चलाउने निर्णयसहित प्रक्रिया अघि बढेको छ ।
२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।
पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी उनै वैद्यले निजि बिद्यालय बृहस्पति बिध्या सदन सँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा बृहस्पति बिध्या सदनलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता गरि सुम्पिएकी थिइन् । आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि नेपाल बल्संगथानाले सिआइबिमा जाहेरी दिएका थिए ।
बाल संगठनको जग्गा कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिएर सरकारी सम्पत्ति हानी–नोक्सानी गरेको प्रतिवादीहरूमाथि आरोप छ ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली





