आज :

उम्मेदवारी खुला गर्ने उच्चस्तरीय समितिको निर्णयको एनआरएन अभियन्ताहरूद्वारा स्वागत

  • अनलाइन डबली

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का सबै प्रतिनिधि (डेलिगेट्स) हरूले  अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का सबै पदहरूमा उम्मेदवारी दिन पौने निर्णयको एनआरएन अभियन्ताहरूले स्वागत गरेका छन्।

नेपाल सरकारका प्रतिनिधिहरू समेत सहभागी उच्चस्तरीय समितिको पछिल्लो बैठकले त्यस्तो  निर्णय गरेको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए।

अब  तोकिएको शुल्क तिरी आगामी मे ३-५, २०२५ मा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनमा भाग लिनका लागि नाम लेखाएका जो कोही प्रतिनिधि आइसिसीको कुनै पनि पदमा उम्मेदवारी दिन योग्य हुने छन्।

“विगतमा डेलिगेट्स बन्न पनि निकै अवरोधहरू राखिएका थिए ।  तर अहिले विशेष परिस्थितिमा सबै पञ्जीकृत सदस्य डेलिगेट्स बन्न पाउने र सबै डेलिगेट्सहरुले आइसिसीको लागि उम्मेदवारी दिन पाउने नियम संस्थाको लोकतान्त्रिकरणको लागि कोशे ढुङ्गा साबित हुने छ,” एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीले भने।  उनले यसबाट योग्य तथा समर्पित व्यक्तित्व आइसिसीको नेतृत्वमा पुग्ने ढोका खुलेको पनि उनले बताए।

यसै गरी एनसीसी क्यानडाका पूर्व अध्यक्ष दीपक गौतमले आइसिसीको नेतृत्वमा पुग्न कसैलाई पनि छेकबार लगाउन नहुने बताए। “संसारभरिबाट आएका डेलिगेट्सहरुले आफ्नो विवेक प्रयोग गरेर नयाँ नेतृत्व चयन गर्ने कुरा हो।  त्यसैले नेतृत्व चयन प्रक्रियालाई खुला र पारदर्शी बनाउनु पर्ने अहिलेको आवश्यकता हो,” उनले भने।

एनसीसी डेनमार्कका पूर्व अध्यक्ष शैलु अधिकारीले पनि नयाँ निर्णयको स्वागत गरे।  “आइसिसीको कुनै पनि पदमा उम्मेदवारी दिन पाउनु हरेक डेलिगेट्सको अधिकार हो।  अब सबै प्रतिनिधिहरूले एनआरएनएमा अनुभवी र संस्थालाई डाइनामिक नेतृत्व दिन सक्ने साथीहरूलाई चुन्नु हुने छ भन्ने हामीले विश्वास लिएका छौँ,” उनले भने।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले आगामी २२ अप्रिल (नेपालको समय राती १२ बजे अगावै)  समितिको वेबसाइट www.nrnahlc.com मा गएर आवश्यक प्रमाण सहित  डेलिगेट्स दर्ताको लागि आवेदन दिन आग्रह गरेको छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal