आज :

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध गर्ने माओवादी केन्द्रकाे निर्णय

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ ।

सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले बताए ।

उनले भने, ‘भोलि(मंगलबार)को संसदको अवरोध यथावत रहन्छ । गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै भनिरहेको छैन । आम मिडिया र जनसमूदायले भनिरहेको छ । भिजिट भिसा प्रकरणमा सेटिङ भएको छ । को संलग्न छ भन्ने कुरा त छानबिनले देखाउँछ । छानबिनको लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष छ ।’

साथै माओवादी बैठकले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।  त्यस्तै सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको माओवादीले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal