आज :

हुम्ला हुलाकमा बसी अख्तियार दुरुपयोग गर्दै ढकाल, लाखौं भ्रष्टाचार गरेको आरोप

  • अनलाइन डबली

हुम्ला । हुलाक सेवा विभागको जिल्ला हुलाक कार्यालय हुम्लामा कार्यरत नायब सुब्बा शंकर प्रसाद ढकालले अख्तियार दुरुपयोग गर्दै आएको खुल्न आएको छ । झण्डै १५ वर्षदेखि निमित्त हुलाक अधिकृत ढकालले आफूलाई सोघोषित अधिकृतकारुपमा कार्यालय सञ्चालन गरी प्रशासनिक तथा आर्थिक अधिकारको दुरुपयोग गरेको पीडितहरुको गुनासो छ ।

निजामति सोवा ऐन अनुसार कार्यालय प्रमुख हुलाक अधिकृतको दरबन्दी भए पनि एक तह मुनीका नासु ढकाललाई सो जिम्मेवारी हुलाक सेवा विभागले निमित्तकारुपमा अधिकार प्रत्यायोजन गरेको थियो । तर, निमित्तको अधिकारलाई दुरुपयोग गर्दै ढकालले नियम बिपरित आफूलाई सोघोषित हुलाक अधिकृतका रुपमा कार्य सञ्चालन गरिरहेको खुल्न आएको छ ।

ढकालले अधिकार र अख्तियारीको दुरुपयोग गर्दै सो कार्यालय अन्तरगतका हुलाकी, हल्कारा र अतिरिक्त हुलाक कर्मचारीका दरबन्दी किन–बेच गरी ब्यापारिकरण गरेको आरोप लगाउँदै पीडितले भने,“ढकालले १५ वर्षदेखि निरन्तर अबकास र करार नियुक्तिमा लेनदेनमार्फत लाखौं भ्रष्टाचार गरिरहेका छन् ।”

स्थानीय र सम्बन्धित कार्यालयका कर्मचारीहरुको गुनासोका साथै निरन्तर कर्मचारी रहन नहुने निजामति सेवा ऐन विपरित एकै जिल्ला एउटै कार्यालयमा ढकाल बसिरहेको एक पीडित कर्मचारीले बताए । “विभाग र सामान्य प्रशासन मन्त्रालयबाट पटक–पटक गरेर १० पटक सरुवा भए पनि राजनीतिक आडमा व्यक्तिगत स्वार्थका निम्ति ढकालको रोजाई हुम्ला बनेको छ, जुन गलत हो ।” ती कर्मचारीले अनलाईन डबलीलाई बताए । यस विषयमा जिल्ला हुलाक प्रमुख ढकालसँग बुझ्नको लागि सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal