आज : २०८२ बैशाख, २७

थायमदु त्वाःछेँ बिबादले इखानारायण जात्रा प्रभावित , खट बिना मुर्ति परिक्रमा

  • अनलाइन डबली
  • २०७९ कार्तिक २२ गते   ११:४६ बजे

काठमाडौँ । मल्ल कालदेखि चलिआएको थायमदु स्थित इखानारायण खट जात्रा प्राभावित भएको छ । काठमाडौँ महानगर पालिकाले  थायमदु , २५ वडा  स्थित त्वाःछेँ भवनमा डोजरले क्षति पुर्याय पछी बिबादमा अदालको अन्तरिम आदेशका कारण भवन भित्र रहेको कुनै सरसामान निकाल्न नमिल्ने भएका कारण खट बिनानै आज जात्रा गरिएको हो ।

महानगर पालिकाले सबै विषयबारे जानकारी नलिइ एकासी त्वा छें भवन भकाउदा बढेको बिबादले परापुर्वकाल बात चलिआएको जात्रा खट बिना नै संचालन गर्नु परेको यो ठुलो बिडम्बना भएको पुजारी हिदय प्रशाद मिश्रले बताए । प्रत्यक बर्ष भित्रि शहरका हनुमान ढोका , नरदेवी असन लगाएत स्थानमा खत सहितको भब्य जात्रा हुने यो जात्रा खट नभएको कारण औपचारिकतामा सिमित राखी हातैले मुर्ति  बोकी समापन गरिएको छ  ।

इखानारायण खट जात्रा गुठिले प्रत्यक बर्ष  नेवा: समुदायले मनाउने सकिमिला पुन्हि  ( कार्तिक शुक्ल पूर्णिमा  ) का दिन मनाउने परम्परा रहेको छ ।

स्वामित्व बिबादमा परेको बिषयमा अदालतको अन्तरिम आदेशका बाबजुद काठमाडौँ महानगर पालिकाले उक्त त्वाःछेँ भवन भत्काउने प्रयास गरेको भन्दै भवन आवद्द समुदाय पुनः अदालत गएका थिए । पटक पटक बिबाद बढेपछी  उच्च अदालत पाटनले गत असोज २७ गतेका दिन त्वाःछेँ समिति र वडा कार्यालय दुवै पक्षले उक्त भवनमा भौतिक क्षति पुग्ने कुनै काम कारवाही नगरी सो भवनलाई यथास्थितीमा राख्नु भनी अन्तरिम आदेश जारी गरिएको थियो ।  त्वाःछेँ समितिका उपाध्यक्ष राजेश श्रेष्ठले अदालतको अन्तरिम आदेशको पालना गर्ने पर्ने भएका कारण नारायण जात्राको खट समेत निकाल्न नमिलेको बताए  ।

२०३५ सालमा यस भवनलाई स्थानीय वासिन्दाले चन्दा संकलन गरेर, जनश्रमदान समेत गरेर निर्माण गरेका थिए । यस भवनलाई स्थानीय वासिन्दाले त्वाःछेँ (सामुदायिक भवन) भनी दावी गर्दै आएका छन् भने काठमाडौं महानगरपालिकाले  वडा भवन भन्दै आएका छन् । यस भवनको स्वामित्त्वको विषय अहिले अदालतमा विचाराधीन छ ।

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal