आज :

मुगुका चार स्थानीय तहमा १ अर्ब ३० करोडभन्दा बढी बेरुजु, सबैभन्दा बढी सोरु गाउँपालिकामा

  • अनलाइन डबली

मुगु । मुगु जिल्लाका चार स्थानीय तहमा कूल १ अर्ब ३० करोड १५ लाख २० हजार रुपैयाँ बराबरको बेरुजु रकम रहेको तथ्य सार्वजनिक भएको छ । महालेखा परिक्षणको कार्यालयको प्रतिवेदनअनुसार सो बेरुजु रकम स्थानीय तह लागू भएदेखि आर्थिक वर्ष २०७९/८० सम्मको हो ।

गाउँपालिका राष्ट्रिय महासंघको आयोजनामा शुक्रबार मुगुको सदरमुकाम गमगढीमा आयोजित स्थानीय सरकारमा वित्तीय अनुशासन, बेरुजु फस्र्यौट र सुशासन प्रवद्र्धन विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा महालेखा परिक्षकको कार्यालयका निर्देशक जयनाथ घिमीरेले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मुगुका चार स्थानीय तहहरूमध्ये सबैभन्दा बढी बेरुजु रकम सोरु गाउँपालिकामा फेला परेको छ । सो गाउँपालिकाको बेरुजु रकम ६१ करोड २२ लाख ९३ हजार रहेको छ । त्यसपछि खत्याड गाउँपालिकाको ४२ करोड ९० लाख ६६ हजार, छायाँनाथ रारा नगरपालिकाको १९ करोड ३५ लाख २३ हजार, र सबैभन्दा कम मुगुम कार्मारोङ गाउँपालिकाको ६ करोड ६६ लाख ३८ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

बेरुजु रकममध्ये केही असुली गर्नुपर्ने, केही प्रमाण कागजात पेश गर्नुपर्ने, केही नियमित गर्नुपर्ने र केही पेस्की रकम समेटिएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । कार्यक्रममा स्थानीय सरकारहरूमा वित्तीय अनुशासन पालना गराउन र पारदर्शिता अभिवृद्धि गर्न आवश्यक सुधारको खाँचो औंल्याइएको थियो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal