आज :

पाकिस्तानले इँटको जवाफ पत्थरले दियो ! भारततिर ४ सय ड्रोन प्रहार

  • अनलाइन डबली

काठमाडौँ । पाकिस्तानले भारतलाई कडा जवाफ दिने घोषणा गरेको छ । भारतको ‘सिन्धुर’ अप्रेसनको जवाफ दिन पाकिस्तान सरकारले सेनालाई अनुमति दिएको छ । पाकिस्तानको सरकारी टिभी र फौजको जनसम्पर्क विभागले भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको बताएका छन् ।

पाकिस्तानी फौजको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार पाकिस्तानले जवाफी कारबाहीलाई ‘अप्रेशन बुनयान मरसूस’ नाम दिएको छ । पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले आफ्ना तीन सैन्य अड्डालाई निशाना बनाएको विषयमा जवाफी कारबाही गर्ने बताएका छन् ।

पाकिस्तानी डिफेन्स सिस्टमले भारतले प्रहार गरेका अधिकांश मिसाइल खसालेको उनको दाबी छ। देशको सेना पूरै तरिकाले तयार रहेको उनको भनाइ छ ।
पाकिस्तानले दाबी गरेका सैन्य अड्डाहरुमा रावलपिण्डी, नूर खान जस्ता रहेका छन् । जो पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटरको दूरीमा छन् ।

यसैबीच भारतले पनि ४ सय पाकिस्तानले ड्रोन प्रहार गरेको स्वीकार गरेको छ । भारतीय सेनाले पाकिस्तानले तीव्र गतिको क्षेप्षास्त्र प्रहार गरेको दाबी गरेको छ ।

शनिबार बिहानको प्रेस ब्रिफिङका भारतीय सेनाकी कर्नेल सोफिया कुरैशी शुक्रबार राति १ बजेर ४० मिनेट जाँदा तीव्र गतिको क्षेप्यास्त्र प्रहार गरेको बताएकी हुन् ।

भारत र पाकिस्तानबीचको तनाव शुक्रबार पनि कायमै रह्यो । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीचको तनाव उत्कर्षोन्मुख छ  ।

कश्मीरमा २६ पर्यटकको ज्यान लिने गरी भएको आक्रमणको जवाफमा भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर पाकिस्तान नियन्त्रित कश्मीर र भित्री पाकिस्तानसमेत सुरु गरेको थियो ।

भारतले पाकिस्तानले उक्त हमलाको दाेष दिने गरेकाे छ ।

यसैबीच भारतीय सेनाले प्रहार गरेका ७७ वटा ड्रोन खसालेको पाकिस्तानले बताएकाे छ ।

पाकिस्तानी सरकारी सञ्चारमाध्यम PTV ले पाकिस्तानले हालसम्म कुल १०० बढी भारतीय ड्रोन खसालेको दाबी गरेको छ । यसअघि मे ८ तारिखको साँझ मात्र पाकिस्तानले २९ वटा भारतीय ड्रोन खसालेको दाबी गरेकाे थियाे ।

भारतले मध्यरात गरेको हमलाको प्रतिकार गर्ने क्रममा पाकिस्तानले भारतका अत्याधुनिक पाँच वटा फाइटर जेट खसालको दाबी पनि गरेको छ ।

राफाल दुई रुसबाट खरिद गरेका दुई र एक अर्को गरी पाँचवटा फाइटर विमान खसालेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
यसलाई पाकिस्तानी संचारमाध्यमहरुले इँटको जवाफ पत्थर दिएको विश्लेषण गरेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal