आज :

तराई मधेशमा आज जुडशीतल पर्व मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक विदा

  • अनलाइन डबली

जनकपुर । नयाँ वर्ष २०८२ को दास्रो दिन आज तराई मधेशमा जुडशीतल पर्व मनाइँदैछ ।

शुद्धता, शान्ति, प्रकृतिप्रेम र सामाजिक सद्भावको प्रतिक रहेको जुडशीतल पर्व आज मनाइँदैछ । जुडशीतलमा शीतल जल (चिसो पानी) ले घर, तुलसी चौरा, बोटबिरुवा र मान्छेको शुद्धीकरण गरिन्छ । आजको दिन घरका ठूलाबडाले आफूभन्दा साना घरका सम्पूर्ण सदस्यहरुको टाउकोमा शीतल जल खन्याएर आशीर्वाद दिने परम्परा रहेको छ । यसले आदर, सम्मान र प्रेमको भावना बढाउने मान्यता रहिआएको छ । आजको दिन विभिन्न किसिमको तरुवा खाने मुख्य चलन रहेको छ ।

घर, आँगन र खेतमा रहेका बोट, बिरुवा र रुखमा आजको दिन पानी हालिन्छ । प्रकृतिलाई सम्मान र प्रकृतिसंगको अटुट सम्बन्धलाई जुडशितलले दर्शाउछ । तराईका क्षेत्रहरुमा आज हिलो खेल्ने परम्परा पनि रहिआएको छ । यसले माटोसँगको सम्बन्ध र शितलता प्रदान गर्ने जन विश्वास रहेको छ ।

जुडशितलको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal