आज :

भारत–पाकिस्तान द्वन्द्व: ‘पहिलो गासमै ढुंगा’ लागेपछि पछि हटे मोदी, युद्धबिराम गर्न तयार

  • अनलाइन डबली

काठमाडौं । पहिलो दिनमै ठूलो सैन्य क्षति बेहोरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युद्धबाट पछि हटेका छन् । अप्रेसन सिन्दुर नाम दिएर पाकिस्तानविरुद्ध गरेको आक्रमणको क्रममा पाँचवटा फाइटर जेट गुमाएको भारतले शनिबार विहानसम्म पाकिस्तानको ठूलो हमलाको सामना गर्नुपर्यो ।

शनिबार दिउँसो पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमण विरुद्ध पाकिस्तानले ‘संगठित, सशक्त र निर्णायक जवाफ’ दिएको बताएका छन् । पाकिस्तानमाथि आक्रमण सुरु गरिएको भारतका ठूला सैन्य संरचनाहरूलाई लक्ष्य बनाइएको शरीफले जनाएका छन् ।

भारतले कश्मिरमा एक उच्च अधिकारी पनि गुमाएको छ । भारतले आफैले पाकिस्तानले ४ सय ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गरिसकेको छ ।

पाकिस्तानले ठूलै जवाफ दिएपछि भारत अब अगाडि नबढ्ने निष्कर्षमा पुगेको बताइएको छ । यो कुराको पुष्टि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका छन् । ट्रम्पले अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएको दाबी गरेका हुन् ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताउँदै सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ समेत भनेका छन् ।

तर याे समाचार तयार पार्दासम्म युद्धविरामबारे दुबै देशले कुनै प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal