 
	
 आ.व.२०८१/०८२का लागि २० जनालाई प्राविधिक छोरी बुहारी छात्रवृत्ति दिइने भएको छ । यसका लागि जनही ५० हजार रुपैँया पाइने प्रावधान रहेको छ । यसका लागि प्रमाणपत्र तहमा प्राविधिक विषयहरु स्वास्थ्य, कृषि, पशुपालन, वनविज्ञान, इन्जिनियरिंग र सूचना प्रविधि क्षेत्र हुनु पर्ने प्रावधान रहेको छ ।
आ.व.२०८१/०८२का लागि २० जनालाई प्राविधिक छोरी बुहारी छात्रवृत्ति दिइने भएको छ । यसका लागि जनही ५० हजार रुपैँया पाइने प्रावधान रहेको छ । यसका लागि प्रमाणपत्र तहमा प्राविधिक विषयहरु स्वास्थ्य, कृषि, पशुपालन, वनविज्ञान, इन्जिनियरिंग र सूचना प्रविधि क्षेत्र हुनु पर्ने प्रावधान रहेको छ ।
यसका लागि सामाजिक विकास कार्यालय हुम्लाले फागुन १२ गते २१ दिने म्याद राखेर सूचना जारी गरेको छ । यो छात्रवृत्तिका लागि आवेदकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नागरिक प्रमाणपत्र प्राप्त गर्ने उमेर नपुगेका विद्यार्थीको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तहबाट स्थायी ठेगाना प्रमाणित सक्कलै पत्र, बुहारीको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.इ.इ.वा एस.एल.सी परिक्षा उत्तिर्ण प्रमाणपत्रको प्रतिलिपि, नियमित रुपमा अध्ययनरत रहेको र शिक्षण शुल्क बुझाएको तथा अन्य कुनै निकायबाट छात्रवृत्ति वा निःशुल्क वृत्ति नपाएको पत्र, अपाड्गको हकमा अपाड्ग परिचयपत्र, सीमान्तकृत तथा लापोन्मुखको हकमा स्थानीय तहको सिफारिसपत्र, बाबु आमा नभएको एकल महिलाको हकमा मृत्यु दर्ताको प्रमाणपत्र, दलित, द्वन्द्व पीडित, एकल महिलाको हकमा मृत्यु दर्ताको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसपत्र र सम्बन्धित विद्यार्थीको बैंकको चेकको प्रतिलिपि जस्ता स्पष्ट प्रमाण खुल्ने कागजातहरु पेश गर्नु पर्ने सामाजिक विकास कार्यालय, हुम्लाका सूचना अधिकारी धर्मराज वोहराले जानकारी दिएका छन् ।
सामाजिक विकास कार्यालय, हुम्लाले जारी गरेको २१ दिने सूचनामा नेपालभरी मान्यता प्राप्त कुनै पनि शिक्षण संस्थामा प्राविधिक विषय अध्ययनरत छोरी बुहारी हुनु पर्ने प्रावधान रहेको छ । यो छात्रवृत्ति प्राप्त गरेपछि २० जनाले जनही ५० हजार रुपैँया एकमुष्ट एक वर्षका लागि पाउने छन् ।
यो कार्यक्रम कर्नाली प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालय मातहतका १० जिल्लाबाट सूचना प्रवाह भए अनुसार प्राप्त हुने भएको छ । यो कार्यक्रम विगत केही वर्षदेखि जारी रहेकाले जिल्लाको महिलाहरुलाई प्राविधिक क्षेत्रमा सहभागीता बढाउनका लागि सहयोगी हुने विश्वास गरिएको छ । साथै महिला शिक्षाका लागि सकरात्मक सन्देश पनि प्रवाह हुने भएको छ ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली



