काठमाडौं । पछिल्लो १२ घण्टामा गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाका अनुसार हाज बिहान ६ः३० बजेसम्म गुल्मी जिल्लाको भार्से मौसम मापन केन्द्रमा ११४ मिलिमिटर वर्षा रेकर्ड गरिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ ।
ती प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको मात्रा बढेको देखिएको छ । यसैगरी, कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाले देशका विभिन्न भू–भागमा वर्षाको अवस्था निरन्तर अनुगमन गरिरहेको जनाएको छ । पछिल्लो मौसम अवस्थाका आधारमा सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ ।


अनलाइन डबली

