आज :

लोयल्टी एकेडेमीमा दोस्रो उपत्यकाव्यापी अन्तरविद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • अनलाइन डबली

काठमाडौं । बुढानिलकण्ठ– ९ मण्डिकाटार, एकताबस्ती स्थित लोयल्टी एकेडेमीले दोस्रो अन्तरविद्यालय उपत्यकाव्यापी चित्रकला प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न गरेको छ ।

बुधबार विद्यलय प्राणाङगणमा आयोजना गरेका सो एकदिवसीय प्रतियोगितामा उपत्यकाभरी काठमाडौं उपत्यकाका २४ वटा प्रतिष्ठित विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा दुवै समूहमा गरी कुल ८७ जना विद्यार्थी सहभागी भएको प्रधानाध्यापक वीरेन्द्र कुरुम्वाङले जानकारी दिए ।

प्रतियोगिता जुनीयर र सिनीयर गरी दुई समूहमा सञ्चालन गरिएको थियो । सो प्रतियोगितामा कक्ष ५ देखि ६ सम्म जूनियर समूह र कक्षा ८ देखिा १० सम्मलाई सिनीयर समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको प्रधानाध्यापक कुरुम्वाङले बताए ।

प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयहरूलाई उनीहरूको महात्वपूण सहभागिता तथा कार्यक्रमको सफलतामा पु¥याएको योगदानको कदरस्वरूप प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।

प्रतियोगिताको निर्णायकको भूमिका ललितकला क्याम्पसका सहप्राध्यापक नेमबहादुर तामाङ तथा भिजुअल आर्टिस्ट सारा टुनिच कोइन्चले निर्वाह गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू टंका घिसिङ तथा छिरिङ शेर्पा, वडा प्रतिनिधि रमेश गौतम, साथै अभिभावक एवं समाजसेवी शंकरबाबु कार्कीको विशेष आतिथ्य रहेको थियो ।

जुनियर समूहका विजेताहरू

सान्त्वना पुरस्कारः पल्लवी तामाङ – त्रिज्योति स्कुल
नगद रु. १,०००, ट्रफी तथा प्रमाणपत्र
तेस्रो स्थानः पासाङ छुटेन लामा – कैलाश बोधी स्कुल
नगद रु. ३,०००, ट्रफी तथा प्रमाणपत्र
दोस्रो स्थानः अरिशा राजाली – पिक पोइन्ट पब्लिक स्कुल
नगद रु. ५,०००, ट्रफी तथा प्रमाणपत्र
प्रथम स्थानः लिबिशा भण्डारी – जिनियस वल्र्ड स्कुल
नगद रु. ७,०००, ट्रफी तथा प्रमाणपत्र

सिनियर समूहका विजेताहरू

सान्त्वना पुरस्कारः श्रद्धा पाण्डे –टिआईएक स्कूल
नगद रु. २,०००, ट्रफी तथा प्रमाणपत्र
तेस्रो स्थानः सुप्रिया रसाइली – पिक पोइन्ट स्कुल
नगद रु. ५,०००, ट्रफी तथा प्रमाणपत्र
दोस्रो स्थानः नान्सीका तामाङ – हिमरश्मी हाइस्कुल
नगद रु. १०,०००, ट्रफी तथा प्रमाणपत्र
प्रथम स्थानः सिजल गुरुङ – जगत मन्दिर स्कुल
नगद रु. १२,०००, ट्रफी तथा प्रमाणपत्र

लोयल्टी एकेडेमीले विद्यार्थीहरूमा रहेको सिर्जनशीलता, कलात्मक क्षमता र आत्मविश्वासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको यस प्रतियोगिताले विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूबीच सिर्जनात्मक आदानप्रदानको अवसरसमेत प्रदान गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal