आज :

मधेस सरकारले संघीय सरकारलाई बुझायो ज्ञापनपत्र, आन्दोलन गर्ने मुख्यमन्त्री यादवको चेतावनी

  • अनलाइन डबली

काठमाडौं । मधेस प्रदेश सरकारले संघीय सरकारलाई ६ बुँदे माग राख्दै बिहीबार ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले प्रधानमन्त्रीले ३० दिनभित्र सबै माग पूरा गछौं भन्ने प्रतिक्रिया दिएको बताए ।

उनले आफूहरुको माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।

उनले भने, ‘प्रधानमन्त्रीले तपाईंहरुको माग जायज छ । ३० दिनभित्र प्रदेशका माग सम्बोधन गर्छौं भन्नुभएको छ । त्यो भएन भने हामी सबै दल बस्छौं । धर्ना बस्छौं । आन्दोलन गर्छौं । जेजे गर्नुपर्ने हो सबै गछौं ।’

उनले शान्ति सुरक्षाको अधिकार संविधानले प्रदेशलाई दिएको भए पनि प्रहरी प्रशासन आफूहरुसँग नभएको गुनासो गरे ।

मधेस सरकारले प्रदेश प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोग, गुठी जग्गा, अर्थसम्बन्धी समस्या र अभियोजन सम्बन्धमा आधारित भई ज्ञापन बुझाएको हो ।

मुख्यमन्त्री यादवले संघबाट प्रमुख प्रशासकीय अधिकृत पठाउन ढिलाई र कमिशनखोरी हुने गरेको आरोप पनि लगाए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal