आज :

नागार्जुन नगरपालिकाका मेयर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष ३ महिना कैद सजाय

  • अनलाइन डबली

विशेष अदालतले काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष ३ महिना कैद र २८ करोड रुपैयाँभन्दा बढी जरिवानाको फैसला सुनाएको छ।
सोमबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई ९ करोड २२ लाख रुपैयाँ घुस लिएको ठहर गर्दै घुसबापत ८ वर्ष कैद सजाय तोकेको हो।
सार्वजनिक ओहोदा मेयर जस्तो पदमा बसेर कसुर गरेको बापत थप ३ महिना कैद सजाय सुनाइएको फैसलामा उल्लेख छ।

बस्नेत नेपाली कांग्रेसबाट नागार्जुन नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। फैसलासँगै उनी पदबाट स्वतः निलम्बित भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १५ गते बस्नेतविरुद्ध घुस लेनदेन र सम्पत्ति शुद्धीकरणको दुई छुट्टाछुट्टै मुद्दा विशेष अदालतमा दायर गरेको थियो।

अदालतले मेयर बस्नेत र घुस दिने पद्म हाउजिङका सञ्चालक राजु कँडेललाई जनही २ करोड ३० लाख रुपैयाँ जरिवाना तोकेको छ।

साथै, पद्मा कोलोनी प्रा.लि. र पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.ले पनि सोही बराबरको जरिवाना तिर्नुपर्नेछ। कुल ९ करोड २२ लाख रुपैयाँ बिगो बराबरको रकम चारै प्रतिवादीबाट जफत हुने फैसलामा उल्लेख छ।

यसैगरी, अदालतले बस्नेतलाई १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको मुद्दामा समेत दोषी ठहर गर्दै उनलाई ३ वर्ष कैद सजाय तोकिएमा यो ८ वर्षे कैद सजायमै गाभिनेछ। तर, सम्पत्ति शुद्धीकरणमा बिगोको दोब्बर अर्थात् २६ करोड २५ लाख रुपैयाँ जरिवाना र उक्त सम्पत्ति जफत हुने फैसला भएको छ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal