
काठमाडौँ । रुसी सेनाले युक्रेनमा अहिलेसम्मकै ठूलो हवाई अप्रेसन गरेको छ । रुसी संचारमाध्यमहरका अनुसार युक्रेनको राजधानी किभलगायत दर्जन शहरमा रहेका सैन्य र प्रशासनिक केन्द्रमा एकैपटक हमला गरिएको हो ।
रुसी सेनाले टी–यू ९५ एमएस बम बर्षक विमानको प्रयोग गरेको थियो । शक्तिशाली
केएच- १०१, केलिभर, किञ्जल, इस्कन्दर मिसाइल प्रयोग गरिएको बताइएको छ । अमेरिका र पश्चिमा देशहरुले दिएका हतियार, एयर डिफेन्स प्रणालीमाथि रुसले मुख्य निसाना बनाएको थियो ।
रुसले युक्रेनका किभसँगै पोल्तावा, जाइटोमिर, चेरनिहाइव, सुमय खारकीभ, चेरकासी, जापोरिजिया, माइकोलाइव ओडेसालगायतका मुख्य र ठूला शहरमा अहिलेसम्मकै ठूलो हवाई हमला गरेको छ ।
रुसी सेनाले एकै रात ४५० भन्दा बढी ड्रोन प्रहार गरेको छ ।