
काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँको प्रदर्शन आजबाट काठमाडौंको तीनकुनेमा हुनेछ । विहीबार प्रसाईँले बल्खुमा विरोध प्रदर्शन गरेका थिए ।
एमाले र प्रसाईँले माइतीघर मण्डलामै कार्यक्रम राखेपछि सरकारले सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । विहीबार एमालेले कार्यक्रमको गरेको स्थान तीनकुनेमा प्रसाईँले आजबाट शक्ति प्रदर्शन गर्ने बताएका छन् ।
राजसंस्थाको पुनःस्थापनाको माग गर्दै गरिएको प्रदर्शनमा झडप समेत भएको थियो । प्रसाईँको समर्थक निषेधित क्षेत्र पार गर्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार समेत गरेको थियो ।
कार्यक्रमम सुरु हुनु पहिले युवा सङ्घका कार्यकर्तासँग पनि प्रसाईँका कार्यकर्ताले झडप गरेका थिए ।
राजतन्त्र फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका प्रसाईँले प्रदर्शन देशभर फैलाउने बताएका छन् ।
हिजोको कार्यक्रममा आएका धेरै घर फिर्ता भइसकेको बताइएको छ । उनीहरुले एक दिने कार्यक्रम हेर्न आएको समेत बताएका थिए ।