आज :

विद्यालयको भवन नहुँदा भुइँमै बसेर पढ्न बाध्य मुगुका विद्यार्थी, ३५० विद्यार्थी, कक्षा काेठा ८ मात्रै

  • अनलाइन डबली

मुगु । खत्याड गाउँपालिकाको वडा नं ६ मा पर्ने लाम्र पन्सेरीमा रहेको भगवती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु भौतिक पूर्वधारको अभावमा चिसो भुइँमै बसेर पढ्न बाध्य छन् ।

विद्यालयमा भवन अभाव हुँदा यहाँका विद्यार्थीहरु खुला आकास, टिनको टहरा र बहु कक्षाको ब्यावस्था गरी भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएको पाइएको हो । भौतिक पूर्वधार निर्माणका लागि विद्यालयसँग पर्याप्त जग्गा भएपनि स्रोतको अभावमा पूर्वाधार निर्माण हुन नसकेको हो ।

पूर्वाधार अभावमा ईसीडी कक्षादेखि १० कक्षासम्म अध्यनरत ३ सय ५० भन्दा बढी विद्यार्थीहरुलाई पठनपाठनका लागि निकै समस्या भएको विद्यालयले बताएको छ । विद्यालयमा आठवटा मात्र कोठा छन् । जसमा फरक फरक दुईवटा कक्षाका विद्यार्थीहरु सँगै बसेर अध्ययन गरिरहेको बिद्यालयका प्रधानध्यापक बिस्नु केसीले जानकारी दिए ।

कक्षा कोठा निर्माणका लागि आव २०७६/७७ मा कर्णाली प्रदेश सरकारको सामाजिक बिकास कार्यालयले २८ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।

तर, सो बजेटले भवन निर्माण गर्न अपुग भएपछि निर्माणाधिन भवन अलपत्र अवस्थामा छ । पूर्वधार निर्माणमा सहयोग गर्न स्थानीय र प्रदेश सरकारसँग मौखिक रुपमा सहयोग मागिए पनि त्यसको सुनुवाइ नभएको प्रधानाध्यापक केसीले बताए ।

‘विद्यालयमा कक्षाकोठा नै अभाव भएकाले पढाइ राम्रो हुन सकेको छैन् । व्यक्तिगत सरसफाइमा पनि असर परेको छ । खुला आकास र चौरमा बसेर पढ्नु परेको छ भने एउटै कक्षामा दुई फरक कक्षाका विद्यार्थी बसेर पढ्नुपर्दा होहल्ला बढी हुने भएकाले शिक्षकले पढाएको कुरा समेत बुझन गार्हो भएको छ,’ कक्षा दशमा अध्ययनरत छात्रा आकृति शाहीले भनिन् ।

राज्यले शिक्षा, स्वास्थ्य, र रोगजारीको जस्ता अनेक शिर्षमा बजेट छुट्याएपनि बजेट अभावमा मुगु जिल्लामा रहेका धेरै बिद्यालयहरुको अवस्था यस्तै रहेको वडा नम्बर ६ का  वडा अध्क्षय भरत बहादुर शाहीले बताए । उनका अनुसार प्रदेश सरकारले दिएको बजेटले विद्यालयको जग हाल्न मात्र पुगेकोले आधा निर्माण भएको भवन वर्षौं देखि अलपत्र अवस्थामा छ ।

दान बहादुर बुढा, नेपाल न्यूज बैंक 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal