
काठमाडौँ । काठमाडौँ सुनचाँदी व्यवसायी संघमा रोहिनादेवी शाक्य अध्यक्ष पदकमा सर्वसम्मत चयन हुनु भएको छ । आज शनिबार सम्पन्न २१औँ वार्षिक साधारणा सभा तथा सातौँ अधिवेशनले शाक्यलाई अध्यक्ष पदकमा सर्वसम्मत चयन हुनु भएको हो । पछिल्लो कार्यसमितमा उहाँ सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
यसै गरि निर्विरोध चयन भएको कार्यसमितिमा उपेन्द्रकाजी शाक्य, मुक्तीरत्न वज्राचार्य र दशरत्न वज्राचार्य उपाध्यक्षमा चयन हुनु भयो । सचिवमा लेखरत्न शाक्यले , कोषाध्क्षयमा मान शाकयले , सह कोषाध्क्ष्यमा पद्मेश शाकय, र सचिवमा अभिषेक शाक्यले जिम्मेवारी पाउनुभएको छ । सदस्यमा क्रमस निकेशरत्न वज्राचार्य, मनिष शाक्य, उजिना शाक्य, माणिकरत्न शाक्य, रविन्द्र शाक्य, सुर्यरत्न वज्राचार्य, सुरेन्द्रकाजी शाकय, सुजेन शाक्य, मोहिनी शाक्य, संजयरत्न शाक्य, कबीरचन्द्र वज्राचार्य, सन्दिप शाक्य र अरुणा श्रेष्ठ रहनुभुएको छ ।
कार्येक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सुन चांदी ब्यबसाय मौलिक , कला र सेवा ब्यबसाय भएकोले पुस्ता हस्तान्तरण गरि युवा विदेश पलायन लाइ रोक्नु पर्ने बताउदै संघले युवा लक्षित कार्येक्रकोलागी सरकारमा प्रस्ताब राखेको अबस्थामा सहयोग गर्ने जानकारी दिनु भयो। मन्त्री श्रेष्ठले सुनचाँदी व्यवसाय लिच्छविकालमै सुरुआत भएकोले यो आफैमा इतिहास हो तर अहिले पुस्तान्तरण भइरहेको यो व्यवसायमा अहिले युवा आकर्षक घट्नु चिन्ताको विषय हो, बताउनु भयो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले नीति नियम नहुँदा नेपालकै कलालाई विदेशमा देखाउन मिल्ने यस व्यवसाय अहिले गलत देखिरहेको बताउनु भयो ।
निबर्तमा अध्यक्ष सुरेश शाक्यले आफ्नो तीन वर्षे कार्यकालमा यस संस्थाको गरिमा अझ उच्च पार्न कार्य गरेको भनाई राख्नुभयो । उहाँले अहिले सुनचाँदी व्यवसायमा सबभन्दा ठुलो समस्या भनेको विदेशबाट भन्सार तिरी ल्याएको बिल समेत भएको सुन खरिद गर्दा समेत राजश्व अनुसन्धान विभागबाट व्यवसायीहरुलाई अनावस्यक दुख दिने गरेको बताउनु भयो ।
यसै गरि संघले ‘ स्वर्ण सम्झना ’ नामक पुस्तक बिमिचन गरेको छ ।