आज :

सँस्कृतिप्रेमी युवाबीचको फुटसल कपमा बंगलामुखी बिजयी

  • अनलाइन डबली

२८ असार, ललितपुर ललितपुर जिल्ला खेलकूद बिकास समितिका अध्यक्ष बिनोद महर्जनको प्रमुख आतिथ्यतामा ललितपुरका संस्कृतिप्रमी युवाहरुबीच एकता र शारिरीक बिकासकालागि दोश्रो मानमानेश्वरी फुटसल कप सम्पन्न भएको छ । यस वर्ष टीम बंगलामुखीले रनर अप टीम भिमसेनलाई ३ गोलले पराजित गरेको छ ।

ओमेगा टेक्नोलोजी प्रा. लि.को आयोजनामा शनिवार सम्पन्न उक्त प्रतियोगितामा विभिन्न साँस्कृतिक जात्रापर्वमा प्रत्यक्ष संलग्न संस्कृतिकर्मी युवाहरुलाई ५ समूहमा बिभाजन गरिएको थियो । टिम मानमानेश्वरी, टीम बंगलामुखी, टीम महालक्ष्मी, टीम चामुण्डा र टीम भिमसेन गरि ५ समूहबीच मैत्रीपूर्ण खेल सम्पन्न गरिएको फुटसलका प्रतियोगिताका संयोजक कोशिस ताम्राकारले जानकारी दिएका छन । आयोजक एवं दोश्रो मानमानेश्वरी फुटसल कपका प्रायोजक ओमेगा टेक्नोलोजीका अध्यक्ष साम्राज्य देव श्रेष्ठले सम्पदा संरक्षणकालागि बाजागाजा सिक्ने सिकाउने कार्यसँगै स्वयंसेवामा लाग्ने गरेका संस्कृतिप्रमी युवाहरुबीच खेलकूद मार्फत भाइचारा, एकता र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावनालाई निरन्तर कायम राख्न गत वर्ष देखि फुटसलको आयोजना गरिएको बताउनुभयो । फुटसलले युवाहरुबीच आत्मियता, आदरभावलाई बढाउँदै आजको जेन जी लाई संस्कृति र खेलकूदमा पनि सक्रियता बढाउनाले सकारात्मक सन्देश फैलिने बिश्वास रहेको बताए । श्रेष्ठले यस रनिंग शिल्ड प्रतियोगिताको निरन्तरताले आगामी दिनमा ब्यापकता पाउँदै जाने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा युवाहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथी ललितपुर जिल्ला खेलकूद बिकास समितिका अध्यक्ष बिनोद महर्जनले खेलकूद बिकासको आधार युवा रहेकोमा जोड दिनुभयो ।  मानमानेश्वरी फुटसल कपको निरन्तरताकालागि शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “संस्कृतिप्रेमी युवाहरुलाई यसरी संयोजन गरेको कार्यक्रममा देखिएका खेलाडीहरुको प्रतिभा निखार्न ती युवाहरुलाई उनीहरुको रुची अनुरुपका खेलकूद क्षेत्रमा आफूले सक्दो प्रशिक्षण, छात्रवृति लगायतको सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउँदछु ।”   मानमानेश्वरी फुटसल कप पहिलो पटक २०८१ असार ३० मा सम्पन्न भएको थियो जसमा टीम चामुण्डा बिजयी भएको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal