
कीर्तिपुर, असार २८ गते । इनर ह्विल क्लबका काठमाडौँ अध्यक्ष कमला श्रेष्ठले महिला सशक्तिकरण भए मात्र समुदाय र देशको विकास हुने बताउनुभएको छ ।
यहाँस्थित शनिबार आयोजित इनर ह्विल, कीर्तिपुर सेन्ट्रलको सातौँ स्थापना दिवसमा उहाँले सो कुरा बताउनुभएको हो ।
यस्तै, केन्द्रीय प्रतिनिधि सर्सिज पालिखेले महिला सशक्तिकरणको लागि नेतृत्ववर्गले उदाहरणीय सेवा गरेर समाज परिवर्तनमा अहम भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
कीर्तिपुर सेन्ट्रलका निर्वतमान अध्यक्ष नुमा पाण्डेले महिला सशक्तिकरणको लागि धेरै काम गरेर सचेतना जागृत गर्न सफल भएको जानकारी दिनुभयो ।
पदभार ग्रहण गरेपछि वर्तमान अध्यक्ष कल्पना अधिकारीले कीर्तिपुर क्षेत्रमा महिला हकअधिकारको लागि नयाँ कार्ययोजनासहित प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थाका काठमाडौँका कार्यकारी सदस्य रञ्जना शाक्य महर्जनलाई सम्मान गरिएको कार्यक्रममा वालिका कृष्मा पन्थीले उत्कृष्ट नृत्य प्रस्तुत गर्नुभएको थियो ।
मित्रता, सेवा र समझदारी विकास गर्ने उद्देश्यले अमेरिकामा जनवरी १०, सन् १९२४ मा ओलिभर गोल्डिगंले इनर ह्विल क्लब स्थापित भएको थियो ।