आज :

मेलम्ची गुफाडाँडाको विकासमा संघ र प्रदेशले सहयोग नगरेको गुनासो

  • अनलाइन डबली

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची–९ मा रहेको रमणीय गुफाडाँडा पर्यटकीय स्थलको विकासमा संघ र प्रदेश सरकारले असहयोग गरेको स्थानीयबासीले दुखेसो गरेका छन् ।
०७५ साल पुस १६ र १७ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक जलवायु सम्मेलनको उद्घाटन गरिएको उक्त स्थानलाई संघीय र प्रदेश सरकारले प्रतिवद्धता अनुसार काम नगरेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए ।

केही समय अघि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटकीय विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएपनि एक रुपैंयाँ पनि बजेट विनियोजन नगरेको दुखेसो गरे ।
गुफाडाँडा मात्र होइन मेलम्चीका सबै स्थानहरुप्रति संघ र प्रदेशले उपेक्षा गरेको सुनाउ । यस वर्ष नगरपालिकाले गुफाडाँडालाई दुई करोड बजेट छुट्याएको जानकारी दिँदै उनले आगामी दिनमा पालिकाले मुहार फेर्न सक्दो पहल गर्ने बताए ।
शनिबार सम्पादक समाजको पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले गुफाडाँडाको प्रचार गर्न संचारकर्मीहरुको सहयोगको अपेक्षा पनि गरे । काठमाडौंबाट करिब ५४ किलोमिटरको दूरीमा रहेको गुफाडाँडा पदयात्रामा शनिबार ८० बढी पत्रकार सहभागी थिए ।
स्थानीय क्यौलेठाना आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा मेलम्ची वडानम्बर ९ का वडाध्यक्ष किरणदीप खड्काले गुफाडाँडाको महत्व र इतिहास निकै पुरानो भएकाले यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।
तत्कालीन राष्ट्रपति भण्डारीको उपस्थितिमा जलवायु परिवर्तनबाट हुन सक्ने क्षति र त्यसको न्यूनीकरणका सम्बन्धमा १० बुँदे घोषणापत्र जारी गरिएको थियो । सम्मेलनपछि उक्त स्थानमा दर्जनौं नेता एवम मन्त्रीहरु भ्रमण गरेर सहयोगको प्रतिवद्धता गरेपनि त्यो पूरा नगरेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal