आज :

एमाले उपाध्यक्ष नेम्वाङलाई राजकीय सम्मान दिने

  • अनलाइन डबली

काठमाण्डाै । सरकारले संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताउनुभयो ।

मन्त्री सुदन किरातीका अनुसार नेम्वाङका छोराहरु विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुने र  त्यसैदिन सार्वजनिक बिदा दिइने निर्णय भएको छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण निधन भएको थियो । उहाँको पार्थिक शरीर श्रदाञ्जलीका लागि आज एमालेको पार्टी कार्यालय च्यासलमा राखिने भएको छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal