आज :

आणविक हतियार प्रयोग गर्ने पुटिनको चेतावनी, आणविक हतियार प्रयोगकाे सर्त परिवर्तन

  • अनलाइन डबली

काठमाडौँ । रुसी फेडेरेसनका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूलाई आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् ।

बुधबार राजधानी मस्कोमा सुरक्षा परिषद्को आकस्मिक बैठकमा बाेल्दै पुटिनले सरकारले आणविक हतियारको प्रयोगसँग सम्बन्धित नियम र सर्त परिवर्तन गर्न लागेको बताएका छन् ।

पुटिनले देशको आणविक नियममा धेरै नयाँ कुरा थपिने बताएका छन् । यसमा रूस विरुद्ध मिसाइल वा ड्रोन हमलाहरूविरुद्ध परमाणु हतियारको प्रयोग पनि समावेश छ । यदि रूसी क्षेत्रमा ठूलो मात्रामा मिसाइल वा ड्रोन आक्रमण भयो, जसले देशको सार्वभौमसत्तालाई गम्भीर रूपमा खतरामा पार्न सक्छ, रूसले पनि आणविक हतियारहरू प्रयोग गर्न सक्छ ।

रसियाली राष्ट्रपतिले आणविक हतियार नभएको मुलुकले रुसमाथि परमाणु हतियार भएको देशको सहयोगमा आक्रमण गरेमा त्यसलाई दुवै देशले आक्रमण मानिने बताए । उनले रुसको आणविक हतियार देश र नागरिकको सुरक्षाको सबैभन्दा ठूलो ग्यारेन्टी भएको बताए ।

पुटिनले आणविक हतियारको प्रयोगका लागि परिस्थिति परिवर्तन गर्न आवश्यक भएको भन्दै विश्व तीव्र गतिमा परिवर्तन भइरहेको बताए ।

पुटिनले पश्चिमी देशहरूले रूस विराेधी गतिविधि गरेकाे भन्दै आणविक युद्धको धम्की दिने गरेका छन् ।

रुसी राष्ट्रपतिले सेप्टेम्बर १२ मा पनि यदि पश्चिमी देशहरूले युक्रेनलाई क्रुज मिसाइल प्रयोग गर्न अनुमति दिए भने यसको मतलब नाटो रुसविरुद्ध युद्धमा प्रवेश गरेको बुझिने बताएका थिए । यदि यस्तो भयो भने अवश्य जवाफ दिने उनले बताएका थिए ।

युक्रेन अमेरिका र पश्चिमी देशको सहयोगमा रुसविरुद्ध साढे दुई वर्षदेखि युद्ध लडिरहेको छ । युक्रेनले अगस्टमा रुसकाे कुर्स्कमा प्रवेश गरेपछि पुटिनले आणविक नियम परिवर्तन गर्न लागेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal