आज :

श्रीलंकामा पहिलाे पटक कम्युनिस्ट नेता राष्ट्रपतिमा निर्वाचित, काे हुन् अनुरा कुमारा दिसानायके ? 

  • अनलाइन डबली

काठमाडौँ । श्रीलंकाको कम्युनिस्ट पार्टी जनता भिमुक्ति पेरामुना (जेभीपी) का नेता अनुरा कुमारा दिसानायके राष्ट्रपतिमा विजयी भएका छन् । दिसानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनकाे नेतृत्व गर्दै चुनावी मैदानमा उत्रिएका थिए ।

पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । यस राउण्डमा अनुरा दिसानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरे । यसै कारण निर्वाचन आयोगले दोस्रो चरणको मतगणना सुरु गरेपछि साँझ अनुरा दिसानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

श्रीलंकाको इतिहासमा कुनै पनि उम्मेदवारले चुनाव जित्न आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत नपाएको यो पहिलो पटक हो, जसका कारण दोस्रो चरणको मतगणना गरिएको हो । दिसानायकेले आफूलाई मजदुरको आवाज उठाउने नेताको रूपमा व्याख्या गर्छन् । चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कदम चाल्ने कुरा गरेका थिए ।

अनुरा कुमार दिसानायकेले मतदातालाई भ्रष्टाचार विरुद्ध कडा कदम चाल्ने र सुशासन दिने वाचा गरिन् । संकटकालदेखि नै व्यवस्थित परिवर्तनको माग गर्दै आएका मतदाताहरूको मनमा उनको आशाजनक सन्देश गहिरो जरा गाडेको विश्वास गरिन्छ ।
पहिलो चरणको मतगणनामा ४० प्रतिशतभन्दा बढी मत प्राप्त गरेपछि दोस्रो चरणको मतगणनामा उनी विजयी भएका हुन् ।

विपक्षी नेता सजित प्रेमदासा दोस्रो र निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो भए । यसपछि दोस्रो राउण्डमा अनुरा दिसानायके र सजित प्रेमदासाबीच प्रतिस्पर्धा भएको थियो । श्रीलंकाको निर्वाचन कानुन अनुसार कुनै पनि उम्मेदवारलाई जित्नको लागि ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ ।

सन् २०२२ मा देशमा चर्को विरोध भएको थियो, त्यसपछि गोटाबाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिनुपरेको थियो। त्यो बेला देशले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको थियो । त्यसपछि शनिबार मुलुकमा पहिलोपटक राष्ट्रपति पदका लागि निर्वाचन भएको थियो ।

श्रीलंकामा पहिलो चरणको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न सकेन भने राष्ट्रपति पदका लागि मतदाताको दोस्रो र तेस्रो छनोटको आधारमा दोस्रो चरणको मत गणना गरिनेछ। श्रीलंकामा सन् १९८२ यता सम्पन्न आठैवटा राष्ट्रपतीय निर्वाचनमा पहिलो चरणको मतगणनामा विजयी भएको छ । देशमा यस वर्षको निर्वाचनलाई इतिहासकै सबैभन्दा नजिकको निर्वाचनका रूपमा व्याख्या गरिएको छ ।

श्रीलंकामा १ करोड ७० लाख मतदाता छन् र देशको निर्वाचन आयोगले यो इतिहासकै सबैभन्दा शान्तिपूर्ण निर्वाचन भएको बताएको छ । यद्यपि, प्रहरीले “सार्वजनिक सुरक्षा” लाई उद्धृत गर्दै शनिबार राति कर्फ्यू घोषणा गर्‍यो र यसलाई आइतबार स्थानीय समय अनुसार दिउँसो १२ बजेसम्म लम्ब्याएको थियो ।

श्रीलंकामा करिब दुई वर्षअघि आर्थिक अवस्था बिग्रिएपछि ठूलो प्रदर्शन भएको थियो। त्यसपछि शनिबार मुलुकमा पहिलो पटक राष्ट्रपति निर्वाचनको मतदान भएको छ । श्रीलंकामा मतगणना भइरहेका बेला सुरक्षा अधिकारीहरू सडकमा गस्ती गरिरहेका देखिए। यो निर्वाचनलाई सरकारको अर्थतन्त्रको व्यवस्थापनमा जनमत संग्रहका रूपमा हेरिएको छ ।

तथ्यांकअनुसार मुलुकमा करिब ७० प्रतिशत मतदान भएको छ । श्रीलंकाको राष्ट्रपतीय निर्वाचनमा कीर्तिमानी ३८ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि सामेल थिए । पहिलो चरणको मतगणना सकिएपछि दिसानायकेलाई उनका दुई प्रमुख प्रतिद्वन्द्वी विक्रमासिङ्घे र प्रेमदासका समर्थकबाट बधाई सन्देश आउन थालेका छन् ।

काे हुन् दिसानायके ? 

श्रीलंकामा कम्युनिस्ट सरकार स्थापना गरेर जनताको अधिकारसँगै समृद्ध बनाउन लामो राजनीतिक संघर्षमा रहेका दिसानायके हाल ५५ वर्षका भए । उनलाई सन् २००० बाट जनताले निरन्तर जिताउँदै आएका छन् ।

श्रीलंकाको कम्युनिस्ट पार्टी जनथा भिमुक्ति पेरामुना (जेभीपी) का प्रमुख समेत रहेका दिसानायकेले नेशनल पिपुल्स पावर गठबन्धनको तर्फबाट चुनावी मैदानमा उत्रिएका थिए ।

उनको दलले परम्परागत रूपमा नै राज्यले बलियो हस्तक्षेपहरू गर्नुपर्ने, करको दायरा घटाउनुपर्ने र बजार र अर्थतन्त्रसम्बन्धी नीतिहरूमा केही कडा व्यवस्थाहरू ल्याउनुपर्ने नीतिको समर्थन गर्ने गर्छ।

दिशानायकेले श्रीलंकामा भइरहेको भ्रष्टाचार विरोधी कदमहरू चाल्ने र सुशासन दिने वाचा गरेका थिए। सन् २०२२ को सङ्कटपछि निरन्तर परिवर्तनको पक्षमा पैरवी गरिरहेका मतादाताहरूको भावनासँग उनले सम्प्रेषण गरेका ती सन्देशहरू मेल खाने गरेको जस्तो देखिन्थ्यो।

राजपाक्षे सरकारको गलत हरकतविरुद्ध निर्णय संघर्ष गर्नुअघि भएको चुनावमा जेभीपीले संसद्‌मा जम्मा तीन सिट जितेको थियो । जेभीपीले गरिब पक्षधर नीति र भ्रष्टाचारविरुद्ध उभिदै आएको छ ।

दिसानायकेले सत्तामा आएको ४५ दिनभित्र संसद्लाई भङ्ग गरिदिने र आफ्नो नीति कार्यान्वयनका लागि ताजा जनमत लिने उल्लेख गरेको रोएटर्स समाचार संस्थाले जनाएको छ।

जनयुद्धबाट नभएपनि जेभीपीले शान्तिपूर्ण रुपमा श्रीलंकाको सत्ता बागडोर समाल्न सफल भएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal