आज :

नेपाल भाषा गीति एल्बम “ कतामारी ” सार्वजनिक ( भिडियो सहित )

  • बुद्धशरण शाही

काठमाडौँ ।  नेपाल भाषा गायिका गङ्गा देवी महर्जनको स्वरमा रहेको गीति एल्बम “ कतामारी ” सार्वजनिक भएको छ। नेपाल भाषा रेडियो सांगीतिक कार्यक्रम “ नेवा : संगीत दबु ” २५० औ श्रॄखला पार गरेको उपलक्षमा आज सार्वोजनिक भएको निकै रमाइलो दश वटा गीतहरुको संग्रह रहेको यस एल्बममा संघ रत्न शाक्य , सुरजवीर बज्राचार्य, गोबिन्द ह्युमत , सुरेन्द्र तुलाधर ,चंदेश्री महर्जन ,पूर्ण काजि ज्यापु ,निल शाक्य ,पवन जोशी र जनकवि दुर्गा लाल श्रेष्ठको रचना रहेकोछ भने , संगीतमा जुगल डंगोल ,जीवित जल्मी ,गुज्य मालाकार ,निल शाक्य , अनिल तुलाधर ,भुपेन्द्र बज्राचार्य , गोविन्द ह्युमत र मनाराजा नकर्मीको रहेको छ। यसै गरि संगीत संयोजनमा हरिशरण सायमी , अनिल तुलाधर , भुपेन्द्र बज्राचाय ,जीवित जल्मी र जुगल डंगोलको रहेको छ।

सार्वजनिक भएको एल्बमका ६ वटाको गीतको म्युजिम भिडियो युत्युवमा सार्वोजनिक भएको छ। वरिष्ट हास्य कलाकार मदन कृष्ण श्रेष्ठले एउटा गीतमा गंगालाई साथ दिएको छ।
कार्येक्रममा जन्कवि दुर्गा लाल श्रेष्ठ , वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ , वरिष्ट गाएक जुजु काजि रंजित , वरिष्ठ निर्देशक तथा रचनाकार पवन जोशी लगाएतलाइ सम्मान गरिएको थियो।

म्युजिक भिडियो हेर्न तल ल्किक गर्नु होला –   

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal