आज :

लुम्बिनीद्वारा जनकपुरलाई १५० रनको लक्ष्य

  • अनलाइन डबली

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगत आजको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनायो ।

जसमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन बनाए । जनकपुरका बिशाल सुस्लिङ, र राहुल यादवले २÷२ विकेट हात पारे ।

लुम्बिनी हाल ५ अंकका साथ शीर्ष स्थानमा छ । जनकपुरमाथि विजय हात पारे लुम्बिनीले शीर्ष स्थानलाई मजबुत बनाउनेछ । तर लुम्बिनीलाई पराजित गरेमा जनकपुर शीर्ष स्थानमा पुग्नेछ । त्यसैले यो खेल शीर्ष स्थानका लागि प्रतिस्पर्धाका रूपमा पनि रहेको छ ।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज खेल्नेछन् । विराटनगरको ४ खेलमा २ जित र २ हार तथा काठमाडौंको २ खेलमा १ जित र १ हार रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal