काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले चुनावमा लज्जाजनक हार खानु परेको छ । केहीदिन पहिले सम्पन्न इजरायलको चुनावमा नेतान्याहूको लिकुड पार्टीले ठूलो झपड खानु परेको थियो ।
त्यस्तै, निर्वाचन आयोगले औपचारिकरुपमा घोषणा गर्न बाँकी रहेको अमेरिकाको निर्वाचनको परिणामले ट्रम्पको रिपब्लिकन पार्टीले पनि त्यस्तै नियति भोग्नु परेको छ । ट्रम्पले दुबै सदनमा बहमुत गुमाएका छन् । विपक्षी डेमोक्र्याटिक पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेको छ ।
सिनेट र प्रतिनिधिसभा दुबैमा डेमोक्रयाटले स्पष्ट बहुमत प्राप्त गरेको छ । बहुमतको लागि सिनेटमा ५० सिट आवश्यक हुन्छ तर डेमोक्रयाटले ५४ सिट सिटमा जित हात पारेको छ । ट्रम्पको पार्टी ४४ सिटमा सिमित रहेको छ । सिनेटका कुल १०० सिटमध्ये ३५ सिटका लागि निर्वाचन भएको थियो।
त्यस्तै, ४३५ सिट रहेको प्रतिनिधिसभामा बहुमतको लागि २१८ सिट आवश्यक हुन्छ । जसमा २४० डेमोक्रयाटले जितेर बहुमत प्राप्त गरेको छ । रिपब्लिकन १४७ सिटमै सिमित रहेको छ ।
उता इजरायलको प्रधानमन्त्री नेतान्याहूको पार्टीको पनि त्यस्तै हालत भएको छ । उनको लिकुड पार्टीले २७ सिट जितेको छ भने उनको गठबन्धन पूरैको जोड्दा पनि सरकार बनाउन आवश्यक बहुमत पुग्दैन । सरकार बनाउन ६१ सिट आवश्यक पर्छ तर नेतान्याहूको गठबन्धनले ५३ सिट मात्रै जितेको छ ।
विपक्षी गादी आइजेनकोटले २१, न्यु टुगेदर १२, जोइन्ट लिस्ट ११, डेमोक्र्याट्स ८, राअम ८, युनाइटेड टोराह जुडाइज्म ७, ओज्मा येहुदित, ७, इजरायल बेइतेनु ७, शास ६ र धार्मिक जियोनिस्ट ६ सिट जितेका छन् ।
विपक्षी गादी आइसेनकोट (यासर पार्टी) को सबै गरी ४८ सिट, तेस्रोमा अरब नेतृत्वका दलहरूको गरी १९ सिट हुन्छ । सरकार बनाउन नेतान्याहूलाई निकै जटिल बनेको छ ।
अमेरिका र इजरायली जनताले ब्यालेटमार्फत ट्रम्प र नेतान्याहूलाई बहिस्कार गरेको विश्लेषकहरुले बताएका छन् । यी दुबै नेता युद्ध सरदारको पहिचान बनाएका छन् ।


अनलाइन डबली


