आज :

अमर र सरीताको “छंगु ल्यूल्यू” नेपाल भाषा म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

  • अनलाइन डबली

काठमाडौँ  ।  लोकप्रिय गायक अमर चित्रकार र सरीता महर्जनको नेपालभाषाको गीत “छंगु ल्यूल्यू” एक समारोहका बीच सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा सार्वजनिक गरिएको उक्त गीतका संगीतकार एवं संगीत संयोजक भूपेन्द्र बज्राचार्य तथा रेकर्डिष्ट फिरोज बज्राचार्य हुनुहुन्छ ।

ज्योति रेकर्डस्मा रेकर्डिङ भएको उक्त गीत सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको हो । गायिका सरीता महर्जनले दोसल्ला ओढाई सम्मान गर्ने क्रममा आरबी डायमण्ड ज्वेलरीका सिइओ रिकेन महर्जनले मायाको चिनो प्रदान गर्नुभएको हो ।

कार्यक्रममा लोकगायक रत्न बेहोशी बज्राचार्य तथा ललितपुर महानगरपालिका १६ अध्यक्ष निर्मलरत्न शाक्यको आतिथ्य उपस्थिति रहेको हो । आरबी जेम एण्ड ज्वेलरी इण्डष्ट्रिज् प्रा.लि.की निर्देशक रिजु महर्जनको सभापतित्वमा सम्पन्न समारोहमा गीत तथा म्यूजिक भिडियो निर्माण सक्रिय योगदान गर्नुहुने सम्पूर्णलाई मायाको चिनो प्रदान गरिएको हो ।
यस म्यूजिक भिडियोका निर्देशक रवि सायमि, कोरियोग्राफर कृष्णभक्त महर्जन, छायाँकन, सम्पादन तथा रंग संयोजन अमर चित्रकारले गर्नुभएको हो भने मनोज महर्जन, नेरिसा महर्जन, कृष्णभक्त महर्जन, निश्चल भुजेल, सुब्रिना चित्रकार लगायत कलाकारहरुको अभिनय रहेको छ ।
म्यूजिक भिडियोमा श्रृंगार सनमकुमार श्रेष्ठ र विमला सापकोटाले गर्नुभएको हो भने पोष्ट प्रोडक्सनको जिम्मेवारी सुभाष काफ्लेले वहन गर्नुभएको हो ।

म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला –

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal