आज :

महानिरीक्षक अर्यालले सप्तरीमा तालिम केन्द्रको उद्घाटन गर्दै एसएसपी सुबेदीको प्रसंशा गरेका छन्

  • अनलाइन डबली

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सप्तरी स्थित तालिम शिक्षालयको समुद्घाटन गर्दै शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक(एसएसपी) दिग बिजय सुबेदीको प्रसंशा गरेका छन् ।
महानिरिक्षक अर्यालले सप्तरीको कन्चनरुप नगरपालिका वार्ड न. २ बरमझियास्थित सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालयको उद्घाटनका क्रममा राम्रो व्यवस्थापन गरेकोमासमेत महानिरिक्षकले धन्यबाद दिएका छन् ।

सो अबसरमा महानिरीक्षक अर्यालले गत बर्ष मात्र नेपाल सरकारले स्तरोन्नती गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सहित संरचनागत रुपमा कार्य प्रारम्भ गरेको शिक्षालयले एक बर्ष भित्र नै उद्घाटन गर्ने गरी कार्य गरेकोमा शिक्षालयको प्रसंशा गरे ।

उक्त अवसरमा महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालमा कार्य प्रक्रिती अनुसारका तालिम केन्द्रहरु रहेको हुनाले सोही अनुसार तालिमहरूको विभाजन गरी उल्लेखित स्थानमा मात्र तालिम सन्चालन गरिने कुरा ब्यक्त गरे।

विपद ब्यबस्थापन, हुल तथा दंगा, सीमा सुरक्षा, युएन शान्ती स्थापना सम्बन्धी तालिमहरू सन्चालनको लागि तालिम शिक्षालयहरु रहेकोमा अब देखी बिशेष प्रक्रितीका कार्यहरुसँग सम्बन्धित तालिम प्रदान गर्ने गरी सप्तरीमा तालिम केन्द्रको स्थापना गरिएको ब्यहोरा उल्लेख गरे ।

एन्टि टेरोरिजम, होस्टेज रेस्क्यू, फायर फाइटिङ् एबं वाटर रेस्क्यू सम्बन्धित तालिमहरू उल्लेखित शिक्षालयमा सन्चालन गरिने महानिरीक्षक अर्यालले बताए । महनिरिक्षक अर्यालले शिक्षालयको कार्यालय भवन अगाडि तयार गरिएको शिलालेखको पर्दा अनावरण गरी उद्घाटन गरेका थिए ।

सो अवसरमा शान्तीको प्रतिक एक जोडी सेतो परेवा समेत उडाइएको थियो । उद्घाटन कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिस्ठान काठमाडौंका सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीले स्वागत मन्तव्य, सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले मन्तब्य दिएका थिए र शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक दिग बिजय सुबेदीले धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा स्थानीय सरकारका प्रमुखहरु, उपप्रमुखहरु, कोशी र मधेश प्रदेशका सशस्त्र प्रहरी बल नेपालका बाहिनिपतीहरु, अन्य तालिम शिक्षालयका समादेशकहरु, मधेश प्रदेशका सशस्त्र प्रहरीका जिल्ला स्थित प्रमुखहरु, अन्य कार्यालयका कार्यालय प्रमुखहरु स्थानीय संघ संस्थाका प्रमुखहरु र स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।

सो अवसरमा तालिम केन्द्रमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी उपरीक्षक सहित अठार जनालाई प्रशंसापत्र प्रदान गरिएको थियो । शिक्षालयलाई प्रत्यक्ष सहयोग गर्ने नगरपालिका, गाउपालिका, स्थानिय ब्यक्तीहरुलाई समेत प्रसँशा पत्र द्वारा सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त विभिन्न कार्यदेशहरुको सम्पादन प्रभावकारी एबम् उत्कृष्ट ढंगबाट गरी संगठनको गरिमा राख्ने कार्य गरेको हुँदा उक्त कार्यको उच्च कदर स्वरुप शिक्षालयका प्रमुख समादेशक एसएसपी दिग्विजय सुबेदीलाई महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी महानिरीक्षक प्रंसशाद्वारा बिभुशित गरेका थिए ।

 

 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal