काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रदेशस्तरीय परामर्श समितिको बैठक बागमतीबाट प्रदेशबाट आजदेखि सुरु हुँदै छ । साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले प्रदेश, जबस र प्रवास सबै कमिटीको संयुक्त बैठक बोलाउने निर्णय गरेको थियो ।
आगामी केन्द्रीय समिति बैठक पहिले सबै प्रदेश, जबस र मोर्चाको संयुक्त बैठक बसेर व्यापक छलफलका लागि परामर्श बैठक बस्न लागको हो ।
प्रवक्त अग्निप्रसाद सापकोटाका अनुसार आज बागमति प्रदेशका केन्द्रीय सदस्यहरूको संयुक्त बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको छ।
दुई दिनसम्म चल्ने बैठकमा अध्यक्ष प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन् ।
यसैगरी बागमती प्रदेशबाट सुरु भएको बैठक भदौ ७ र ८ गते विशेष र सम्पर्क समन्वय प्रदेश, गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते, १८ गते केन्द्रीय आयोग, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चमा २९ र ३० गते, जवस/मोर्चाको २७ र २८ गते बैठक बस्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।
त्यसलगत्तै भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशमा पनि बैठक बस्ने बताइएको छ ।