काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज २२ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट चौथो पटक प्रधानमन्त्रीको शपथ खाएलगत्तै ओलीले २१ मन्त्रीलाई शपथ गराएका हुन् ।
नेपाली काँग्रेसबाट प्रकाशमान सिंहले नेतृत्व गरेका छन् । काँग्रेसले यसपटक केही आशा लाग्दा अनुहार पठाएको चर्चाबीच सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको भने सामाजिक संजालमा विरोध भइरहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकी राणालाई प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्रीको जिम्मा दिएका छन् । आरजुले रोजेकै मन्त्रालय पाएकी हुन् ।
प्रचण्ड सरकारले आरजुलाई टिकापुर जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविनको दायरामा ल्याउने खोज्दै गर्दा रातारात गठबन्धन भत्किएको थियो । नयाँ समिकरण बनाउन मुख्य भूमिका खेलेकी आरजुले परराष्ट्र मन्त्रालयको जिम्मेवारी समालेकि छन् ।
काँग्रेसबाट गृहमन्त्री रमेश लेखक, स्वास्थ्य तथा जनसंख्या, प्रदीप पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे आशा गरिएका पात्र हुन् ।