
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत गुमाएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेको छ । संसदमा आफूले विश्वासको मत नपाएको जानकारी गराउन प्रचण्ड शीतल निवास पुगेका हुन् ।
राष्ट्रपतिले संविधानको कुन धारामा टेकेर नयाँ सरकारको आह्वान गर्छन् भन्ने विषय चाँसो भइरहेको छ । राष्ट्रपतिले नयाँ सरकारको लागि आह्वान गर्नुअघि कानुनविद्हरुसँग छलफल गरेका थिए ।
संविधानकाे धारा ७६ (२) अनुसारकाे सरकारले विश्वासकाे मत नपाएपछि (३) अनुसार जानुपर्ने बाध्यता रहेकाे कानुनविद्हरूले जनाएका छन् । तर, केही कानुन व्यवसायीहरूले २ अनुसार नै सरकार गठन हुन सक्ने बताएका छन् ।
तर, राष्ट्रपतिले कुन धारा अनुसार नयाँ सरकार अाह्वान गर्छन् भन्ने अबकाे केही घण्टामै थाहा हुनेछ ।
फाइल फाेटाे