आज :

महिलामा हुने अपार इच्क्षाशक्तिको सदुपयोग गरिनु पर्नेमा जोड

  • अनलाइन डबली

ललितपुर  ।  वरिष्ठ महिला उद्यमी श्यामवदन श्रेष्ठले आफूले उद्यमी बन्नका लागी गरेका संघर्ष, उतार चढाव र प्राप्त सफलताका बारेमा बताई रहंदा ललितपुर, टंगलका सरीता ताम्रकार साह्रै नै प्रभावित भईन । हालसालै मात्र ब्युटीपार्लर व्यवसाय सुरु गरेकी उनी ताम्रकार समाजको व्यवसाय विकास उपसमितिको आयोजनामा भएको तीनदिने महिला लक्षित क्षमता विकास तालिममा सहभागी भएकी थिइन् ।

ललितपुर महानगरपालिकाको सहयोगमा भएको उक्त तालिमको तेस्रोदिन आइतबार सफल उद्यमीहरुले आफ्नो अनुभव आदानप्रदान गर्ने क्रममा उद्यमी रञ्जु रंजितकार एवं लजना श्रेष्ठले पनि आ आफ्ना अनुभव बताएकी थिइन् । तालिममा सहभागी उर्जा ताम्रकारले उक्त तालिमले विशेष गरेर उद्यमी बन्न प्रयासरत महिलाहरुका लागी मार्गनिर्देशन प्रदान गरेको बताइन । उनी लगायत ४५ जवान महिलाहरुले उक्त तीनदिनमा स्टार्टअप, डिजिटल मार्केटिङ्ग, पर्सनालिटि डेभलपमेन्ट, बैकिङ्ग प्रोसेस लगायतका विषयहरुमा सिक्ने अवसर प्राप्त गरेका थिए । तालिममा सहभागी ती महिलाहरु मध्ये केहिले आफ्नै व्यवसाय थाले ता पनि अधिकांसले व्यवसाय सुरु गर्नका लागी आवश्यक ज्ञान हासिल गर्न तालिम सहायक सिद्द भएको अनुभव गरिन् ।

सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुंदै प्रमुख अतिथी ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जरी शाक्य बज्राचार्यले महिलाहरुमा अपार इच्छाशक्ति हुनेहुँदा त्यसको सदुपयोग गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्नसके महिलाहरु सफल उद्यमी बन्न सकिने बताउनु भयो । कार्यक्रम संयोजक गुणकेशरी ताम्रकारले उद्यमी बन्न चाहने महिलाहरुलाई महानगरपालिकाले आवश्यक आर्थिक व्यवस्थापन एवं बजार प्रवर्दनका लागी पहल गरिदिनु हुन अनुरोध गर्नुभयो । ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकारको सभापतित्वमा भएको उक्त समापन कार्यक्रममा व्यवसाय बिकास उपसमितिका संयोजक प्रवल ताम्रकारले सदस्यहरको व्यवसाय प्रवर्दनका लागी ताम्रकार समाजले विभिन्न पहलकदमी गर्दै आइरहेको बताउनु भयो । तीन दिन सम्म भएको उक्त तालिम कार्यक्रममा स्टार्टअप विषयमा उपाय सर्भिसेसका सुमन रायमाझी, डोल्मा फाउण्डेसनका निकिता बज्राचार्य, डिजिटल मार्केटिङ्गमा कमला लामा, पर्सनालिटि डेभलपमेन्टमा उषा मल्ल, बैंकिङ्ग प्रोसेसका बारेमा सिद्घार्थ बैंकका शोभा शिवाकोटीले कक्षा लिनु भएको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal