आज :

मिडियासँग किन तर्किन्छन् शाहरुख ?

  • अनलाइन डबली

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान एक समय ‘मिडियाप्रेमी’ सेलिब्रेटीका रुपमा चिनिन्थे । तर पछिल्ला वर्षमा भने उनी मिडियासँग तर्कदै हिँडिरहेका छन् । उनी मिडिया अगाडि देखिँदा पनि मास्क, छाता र अनुहार छोप्ने लुगा लगाएर हिँड्न थालेका छन् ।

मिडियाप्रेमी शाहरुख मिडियासँग किन तर्किएर हिँडिरहेका छन् ? बलिउडमा अहिले चासोको विषय बनेको छ । छोरा आर्यन खान लागुऔषध मामलामा पक्राउ परे लगत्तै मिडियामा उनको विषयमा समाचार निरन्तर आएपछि शाहरुखको मिडियाप्रति हेर्ने दृष्टिकोण फेरिएको छ । उनी मिडियासँग निकै रिसाएका छन् ।

सन् २०२१ मा लागुऔषध मामलामा आर्यन पक्राउ परेपछि शाहरुख विशेषत पापराजीलाई वेवास्ता गर्दै आएका छन् । हालैमात्र मुम्बईका फोटोग्राफर बरिन्दर चावलाले एक घटनामा आफूलाई ‘पठान’ अभिनेता शाहरुखले फोन गरेको स्मरण गरे ।

सन् २०२३ मा ‘पठान’ रिलिज भएपछि बरिन्दरको टिमले शाहरुखलाई भेटेको थियो । शाहरुखलाई भेट्दा शाहरुखले आफ्नो गोपनियतामा हस्तक्षेप भएको महशुस गरेका थिए । ‘त्यसपछि शाहरुख रिसाएर उनको पीआरलाई फोन गरे । उनले पीआरलाई मेरो टिमले खिचेको भिडियो प्रयोग नगर्न भने । त्यसपछि मेरो टिमले शाहरुखको गोपनियतामा हस्तक्षेप गरेकोमा उनीसँग माफी मागें’, उनले भनेका छन् ।

त्यसपछि शाहरुखको मेनेजरले बरिन्दरलाई फोन गरेर शाहरुखले उनीसँग कुरा गर्न चाहेको बताएका थिए । बरिन्दरसँग शाहरुखले ५ मिनेट कुरा गरेपछि आर्यनसँग शाहरुखको कति प्रेम छ भन्ने महशुस गरे । ‘शाहरुखको छोराका विषयमा कसैले नकारात्मक कुरा गरे भने शाहरुख दुःखी हुन्छन् । छोराका लागि मिडियाले गरेको कामप्रति शाहरुख पागल भएका छन्’, बरिन्दरले भनेका छन् ।

आर्यन जेलमा रहँदा शाहरुख उनलाई भेट्न गएका थिए । त्यो समयमा जेल बाहिर फोटोग्राफरको भीड लागेको थियो । यो घटनापछि शाहरुख मास्क लगाएर, छाता ओढेर आफ्नो अनुहार मिडियामा नदेखाउने गरी हिड्न थालेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal