आज :

 नेपालभाषाको नयाँ चलचित्र ‘ तीब: ’को निर्माण सम्पन्न, छिट्टै प्रदर्शन हुने

  • अनलाइन डबली

काठमाडौँ।  नेपालभाषाको नयाँ चलचित्र ‘ तीब: ’को निर्माण सम्पन्न भएको छ  ।  चलचित्र निर्माता समुहले आज पत्रकारसम्मेलन मार्फत चलचित्रको निर्माण सकेको र छिट्टै उपत्यकाको सिनेमा घरहरुमा प्रदर्शन हुने जानकारी गराएको छ ।

चलचित्र  सामाजिक परिवेसमा आधारित  तथा  मनोरंजनको पक्षलाइ समय सपेक्ष् रुपमा प्रस्तुत गर्ने उदेस्य रहेको निर्माता सरजु रंजित र समिता रंजितले बताउनु भयो।

वाल्ड वुल्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा ओम शंकर श्रेष्ठको कथामा वरिष्ट सिने निर्देशक रवि सायमीको निर्देशन रहेको छ , भने  छायांकन अमर चित्रकार तथा सुबिना चित्रकार  रहेको छ  ।  कलाकारहरु सुसिल राजोउपाध्याय, आशाकाजि थकु ,संध रत्न शाक्य ,पुस्करभक्त माथेमा, कृष्णभक्त महर्जन ,सरस्वती मानन्धर , मैया मुनिकार ,सुनिता ठाकुर , कन्चन तुलाधर ,गङ्गा महर्जन ,बिज्ञान पक्का ,मनोज महर्जन ,हसना महर्जन ,रेइना महर्जन, रबि महर्जन आदि कलाकरको भूमिका रहको छ।

चलचित्रको गीतमा राजेन्द्र महर्जन ,ओम शंकर श्रेष्ठ र शुसिल राजोउपाध्यायको रचनामा , शिव शाही र भुपेन्द्र बज्राचार्यको संगीतमा सरजु रंजित र सतिस महर्जनले स्वर दिएको छ ।

अमेरिकाको मेरिल्याण्ड सिटीमा तथा दुर्गम हिमाली क्षेत्र सोलुखुम्बुमा यस चलचित्र  को छयांकन  गरिएको  छ । यस चलचित्र भित्रको  “ मन छंके सुला च्वन “ बोलको गीतको  छायांकन समुद्र सतहभन्दा उच्च हिमाली भेग ४०६५ मिटरमा छायांकन भएको हो । अमेरिका स्थित यस चलचित्रका कलाकार दिवाकर धौवडेल , मिला श्रेष्ठ , जिम श्रेष्ठ , रवि शाक्य छयांकनका साथै सुटिङ बेबस्थापन जयम्बु रंजित,   मिला अमात्य र अनुप जोशीले साथ् दिएका छन्।

भिडियो हेर्न तल क्लिक गर्नु होला – 

 

चलचित्रको गित   “ मन छंके सुला च्वन “ हेर्न तल क्लिक गर्नु होला –

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal