आज :

सिकाली अजिमा ( रुद्रायणी देवी ) जात्रा: सांकृतिक परम्परा संबर्धन र प्रवर्धनमा नेपाली सेनाको नौलो आयाम

  • अनलाइन डबली

काठमाडौँ ।  प्रत्येक १२ वर्षमा सञ्चालन हुने सिकाली अजिमा ( रुद्रायणी देवी ) जात्रा खोकनाबाट झम्सिखेल स्थित प्रधान सेनापतिको निवास हुँदै हनुमान ढोकासम्म यात्रा गर्ने परम्परा अनुरुप यस पटक नेपाली सेनाले सांस्कृतिक परम्परा सम्बर्धन र प्रवर्धनमा नौलो आयाम थपेको छ  । नेपाली सेनाले  मौलिक परम्परालाइ जीवन्त बनाउन यस वर्ष  उक्त निवास वरिपरि ३ वटा कलात्मक स्थायी श्री रुद्रायणी प्रवेश द्वार निमार्ण गरिएको छ ।

जात्राको क्रममा प्रधान सेनापति  प्रभुराम शर्मा बाट देव गणहरुलाई स्वागत र सम्मान समेत गर्नु भयो । यसै जात्राको क्रममा खोकनाबाट देवगण हनुमानढोका दरवार परिसरसम्म श्री शार्दुल जंग गुल्मबाट सेनानी पूर्ण प्रजापती सहितको गुरुज्युपल्टन टोली बाजाका साथ सहभागी भएका थिए ।  चैत्र ३० गते हनुमान ढोका परिसर स्थित तलेजु चोकमा श्री सिकाली अजिमाको नाचको दौरान श्री कार्यरथी विभागका उपरथी  दिपक कुमार बानिया बाट सम्पूर्ण देव गणहरुलाई प्रसाद चढाउने कार्य सम्पन्न भयो ।

 

यसै गरि जेष्ठ ६ गते उक्त देवगणहरु खोकनामा फिर्ता सवारीको दौरान प्रधान सेनापतिको निवासमा प्रधान सेनापति शर्मा बात देव गणहरुलाई विदाई गर्नु भयो।  देवगण फर्किने क्रममा श्री शार्दुल जंग गुल्मबाट गुल्मपति सेनानी प्रजापपती सहित बानादार गुरुज्युको पल्टन टोलीका साथ हनुमान ढोकाबाट खोकनासम्म सहभागी भएका थिए ।
प्रधान सेनापति शर्मा जेष्ठ ९ गते खोकनामा भएको सिकाली अजिमाको नाच अवलोकनमा उपस्थिति हुनु भयो । उक्त कार्येक्रमको दौरान प्रधान सेनापति बात सम्पूर्ण देव गणहरुलाई प्रशाद चदाउनु भयो  ।

रुद्रायणी देवीको १२ वर्ष मेला  भद्र १६ गते बात गुफा राखेर सुरु भएको हो । देवगण नाच काठमाडौंको पचली भैरव, पुरानो खोकनाको देवी सिद्धकाली मन्दिरमा अवस्थित रुद्रायणी, बालकुमारी पाटनमा कौमरी, कीर्तिपुर चोभारमा रहेको जलविनायक, हलुमान, न्हसिकाप, कुसुन्तीमा कुमार, नेखुमोलमा ब्रम्हायणी देवी, नख्खुस्थित विष्णुदेवी, पशुपतिको महेश्वरी, बल्खुको इन्द्रायणी, बज्रबाराही, गुह्येश्वरी, महालक्ष्मी, आकाश भैरवलगायतका शक्तिपीठमा देवगणको नाच देखाइको थियो ।

सिकाली जात्रामा काली, विष्णु, भैरव, महादेव, रुद्रायणी, गणेश, हनुमान, कुमार, ब्रह्मा, इन्द्रायणी, महाकाली, कुमारी र वाराही देवगणका रूपमा सहभागी हुने परम्परा छ । चैत्र २२ गते यस ऐतिहासिक देवी नाच जात्रा व्यवस्थित रुपमा सम्पन्न भएको थियो ।

 

 

 

सम्बन्धित यस अगाडिको समाचार – 

खोकनामा ऐतिहासिक रुद्रायणी देवीको १२ वर्षे जात्रा सुरु

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal