आज :

चर्को शुल्क असुल्ने अक्सफोर्ड कलेजमाथि अखिल क्रान्तिकारीले गर्यो कारवाही

  • अनलाइन डबली

काठमाडौँ । अखिल क्रान्तिकारीले मापदण्ड पूरा नगरी संचालन गरेको, चर्को शुल्क असुलेर अभिभाकमाथि आर्थिक शोषण गरेको बसमा आगजनी गरेको छ ।

महावीरले नेतृत्व गरेको नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीले नवलपुरमा रहेको उक्त कलजले चेतावनी दिँदा समेत अटेर गरेको भन्दै चेतावनीस्वरुप कारवाही गरेको विज्ञप्तिमार्फत बताएको छन् ।

अखिल क्रान्तिकारीकाक नवलपुर संयोजक सन्दिपले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शैक्षिक माफियाको नेता हरि भण्डारीले सञ्चालन गर्दै आएको अक्सफोर्ड कलेजले मापदण्ड पूरा नगरी चर्को शुल्क असुल्ने, अभिभावकहरुलाई आर्थिक शोषण गरेको र अखिल क्रान्तिकारीसँग भएको सहमति कार्यान्वयन नगरेको हुँदा पटकपटक चेतावनी दिँदासमेत पैवाह नगरेको हुँदा नवलपुरद्वारा बसमाथि चेतावनीस्वरुप कारवाही गरिएको जानकारी गराउन चाहन्छौं” विज्ञप्तिमा भनिएको छ ।

संविधानमा संस्थागत भएको अनिवार्य शिक्षा, उच्च शिक्षासम्म निःशूल्क र वैज्ञानिक शिक्षाको लागू गर्न, सम्पूर्ण निजी शैक्षिक संस्थाहरुलाई राष्ट्रियकरण गरी शैक्षिक रुकरुपता ल्याउन, निजी शैक्षिक संस्थाहरु, शैक्षिक व्यापारीकरण र शैक्षिक माफियाको पूर्ण खारेजी, शैक्षिक क्षेत्रमा देखिएका सबैखाले विकृति अन्त्य, अवैध विदेशी शैक्षिक संस्थाहरु, तयारी कक्षा संचालक गर्ने संस्था र कन्सल्टेन्सीहरु खारेजीको लागि अखिल क्रान्तिकारीले संघर्ष जारी राख्ने पनि संयाजेक सन्दिपले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिः

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal