आज :

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु, अमेरिका र इजरायलले हात रहेको आशंका

  • अनलाइन डबली

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको छ । इरानी सरकारी संचारमाध्यमहरुले दुर्घटनास्थलका फोटो सार्वजनिक गरेका छन् । हेलिकोप्टर पूरै जलेर खरानी भएको फोटो सार्वजनिक भएको छ ।

दुर्घटनास्थलमा उद्दारकर्ताहरुले आधिकारिक भनाई सार्वजनिक गर्न सकेका छैनन् । सेटलाइट र ड्रोनबाट दुर्घटनास्थल पत्ता लागेको थियो । हेलिकोप्टर भएको १७ घण्टापछि दुर्घटनास्थलको पत्ता लागेको थियो ।

इरानी अधिकारीलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले दुर्घटनामा हेलिकप्टर पूर्ण रूपमा जलेको बताएको छ । अहिलेसम्म कसैको पनि शव नभेटाएको बताइएको छ । इरान सरकारले औपचारिक रुपमा दुर्घटनाबारे जानकारी बताएको छैन ।

पहाडी क्षेत्रमा खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको आशंका गरिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनास्थल हार्ड ल्यान्डिङ हुने अपेक्षा गरिएको ठाउँबाट करिब दुई किलोमिटर टाढा छ ।
आइतबार इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

तर, उद्दारकर्ताहरु दुर्घटनास्थल पुग्न नसकेका कारण औपचारिक घोषणा भने हुन बाँकी रहेको छ । उद्दारकर्ताहरुले हेलिकोप्टरमा सवार कोही पनि बचेको सम्भावना नरहेको बताएका छन् ।

भारतीय सुरक्षा विज्ञ संजय सोईले हेलिकोप्टर हुने सक्ने दुईवटा कारण हुने बताए । पहिलो खराब मौसम र अर्को इजरायल र अमेरिकाको हात हुन सक्ने सोईको दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal