आज :

निरन्तर छ सुन तस्करी : चैत र वैशाखमा विमानस्थलबाट समातियो ५२ किलो सुन

  • अनलाइन डबली

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने संगठित गिरोहलाई प्रहरीले पटक–पटक पक्राउ गर्दै आएको छ । यही वर्ष भेपमा ९ र ब्रेक सुमा ६१ किलो सुन तस्करी भएका ठूला तस्करीका मुद्दा ताजै छन् भने ६ वर्षअघि सार्वजनिक भएको ३३ किलो सुन प्रकरणले समेत काठमाडौं विमानस्थल भएर सुन तस्करीका गिरोह सक्रिय भएको पुष्टि गर्छन् ।

यी प्रकरण सार्वजनिक भएपछि तस्करी नियन्त्रणमा प्रहरी र गृह प्रशासनले विभिन्न प्रयास गर्दै आएको दाबी गर्छन् । तर तस्करका गिरोह भने अझै उत्तिकै सक्रिय छन् । पछिल्लो दुई महिना चैत र वैशाखमा मात्रै विमानस्थलमा खटिएका प्रहरीले ५२ किलोभन्दा बढी सुन बरामद गरेको छ । अवैधरुपमा सुनको ओसारपसारमा कडाइ गरिएपनि त्यो पूर्णरुपमा रोकिन सकेको छैन ।

सशस्त्र प्रहरीका अनुसार २०८० को चैत र २०८१ को वैशाखमा महिनामा मात्रै विमानस्थलबाट ६ करोड ८७ लाख ७८ हजार ७३५ बराबरको ५२.७२९ किलो सुन बरामद गरी भन्सार दाखिला गरिएको छ । यसअवधिमा अवैध सुन ओसारपसार गर्ने २२ जना पक्राउ परेका छन् ।

प्रहरीले अवैध ओसार पसारमा संलग्न १७ वटा ठूला र १५ वटा साना गरी ३२ वटा सवारी साधनहरू नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभाग र कार्यालयमा पठाएको छ । त्यस्तै, सो अवधिमा राजस्व अनुसन्धान विभाग र मातहतका कार्यालयहरूसँगको समन्वयमा संयुक्त रूपमा ९२ वटा ठूला र ५५ वटा साना गरी एक सय ४७ वटा सवारी साधन नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभाग/कार्यालयहरूमा पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले चैतमा १२ करोड ७२ लाख एक हजार दुई सय १२ र वैशाख महिनामा १४ करोड ६० लाख २४ हजार ८८ रुपैयाँ बराबरको अवैध रूपमा आयात निर्यात भएको र बिल बिजक नभएको सामान जफत गरी भन्सारमा दाखिला गरेको छ ।

सशस्त्र प्रहरीले चैतमा कूल ४० करोड ६६ लाख १० हजार ७३ रुपैयाँ बराबरको राजस्व दाखिला गरेको छ भने वैशाखमा ५२ करोड ९७ लाख ७ हजार दुई सय ५३ रुपैयाँ बराबर राजस्व दाखिला गरेको छ । अवैध मालसामान बरामद चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयन लगायतबाट राजस्व संकलन भएको हो ।

त्यसरी अवैध ओसारपसारमा संलग्न ८९ जनालाई प्रक्राउ गरिएको र सो बापत् ३४ करोड ६९ लाख ८९ हजार पाँच सय ३१ रुपैयाँ बराबरको सामान भन्सार÷राजश्व अनुसन्धान विभागमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal